काठमाडौं, २६ असार २०७९
नेपाल नर्सिङ परिषदले शनिबार लिएको नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ७८ प्रतिशत उत्तीर्ण भएका छन् ।
यस्तैगरी मिडवाफइ तर्फ ५० प्रतिशत उत्तीर्ण भएको परिषद्ले जनाएको छ ।
परिषदका् रजिष्टार बिन्दा घिमिरेका अनुसार आजको परीक्षामा नर्सिङ तर्फ कुल ५ हजार ३९६ जना सहभागी भएका थिए । त्यसमध्ये ४ हजार २३४ जना ( ७८.४६ प्रतिशत) उत्तीर्ण भएका छन् । यस्तै मिडवाइफ तर्फ ६ जना सहभागी भएकोमा ३ जना (५० प्रतिशत) उत्तीर्ण भएका छन् ।
परिषदले चार चार महिनाको अन्तरमा बर्षमा तीन पटक लाइसेन्स परीक्षा लिने गरेको छ । यो पटक लिइएको परीक्षा नर्सिङ तर्फ ३० औँ र मिडवाईफ तर्फ सातौँ हो ।
यसको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् 👇