आज मिति : २०८२ पुष २
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

नेपाल नेत्रज्योति संघद्वारा एक बर्षमा ३४ हजार बढी आँखाको निःशुल्क शल्यक्रिया

Nam Raj Bhatta by Nam Raj Bhatta
March 31, 2025
in News
A A
0
नेपाल नेत्रज्योति संघद्वारा एक बर्षमा ३४ हजार बढी आँखाको निःशुल्क शल्यक्रिया
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १८ चैत्र २०८१

नेपाल नेत्रज्योति संघको संजाल मार्फत एक बर्षमा ३४ हजार भन्दा बढी आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको छ ।

संघको देशैभरी छरिएर रहेका २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्र तथा बिभिन्न बाह्य कार्यक्रमहरु मार्फत सन् २०२४ मा ३४ हजार ४ सय २५ जना आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको हो ।

संघका कार्यकारी निर्देशक डा. शैलेश कुमार मिश्रका अनुसार संघद्धारा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय विकास साझेदार संस्थाहरुको सहयोग तथा अस्पतालहरुको आन्तरिक श्रोतबाट निःशुल्क शल्यक्रिया गरिएको हो । डा. मिश्रका अनुसार संघको सञ्जाल मार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीहरुको आँखा परिक्षण गरि २ लाख ५८ हजार ५७५ जनाको शल्यक्रिया गरिएको छ ।

नेपाल सरकारबाट आँखा उपचार सेवा देशका सबै जनताको घरदैलोमा पुर्याउने दायित्व र निर्देशन प्राप्त भए अनुरुप हजारौँ स्वयमसेवक तथा कर्मचारीहरु मार्फत नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँगको महत्वपूर्ण सहकार्य, निर्देशन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदारहरु, प्रदेश सरकार, स्थानीय सरकार, स्थानीय जनसमुदाय एबं दाताहरुको उल्लेखनीय साथ र सहयोगमा आँखा स्वास्थ्य सेवालाई हिमाली क्षेत्रका विकट गाउँहरु देखि तराईका समथर भूमि पूर्व मेची देखि पश्चिम महाकाली सम्मका सर्वसाधारणलाई सहज, सर्वसुलभ र गुणस्तरीय उपचार सेवा पुर्याउने कार्यमा नेपाल नेत्रज्योति संघले अग्रणी भूमिका खेल्दै आएको छ ।

नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दका अनुसार संघ अन्तर्गतका अस्पतालहरुले प्रवाह गर्ने गुणस्तरीय सेवाकै कारण छिमेकी मुलुक भारत, बंगलादेश, भुटान लगाएका मुलुकका नागरिकहरु समेत नेपालमा आँखा उपचारका लागि आउने गरेका छन् । सन् २०२४ मा मात्र संघको संजाल मार्फत ९ लाख ७ हजार ७१ जना अन्य देशका नागरिकहरुको आँखा परिक्षण गरि १ लाख ६२ हजार ८४५ जना बिरामीहरुको शल्यक्रिया गरिएको चन्दले बताए।

‘नेपालको आँखा उपचारको गुणस्तरियताका कारण अन्य देशका नागरिकहरु समेत नेपालमा आँखा उपचार गराउने क्रम बढ्दो छ’ महासचिव चन्दले भन्नुभयो ‘अब हामीले बढि भन्दा बढि नेपाली नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यका रुपमा विकास गर्ने गरी नेपाल सरकारसंगको समन्वयमा आफ्ना योजना र कार्यक्रमहरु अगाडी बढाएका छौ ।’

नेपालमा आँखा उपचारको क्षेत्रमा धेरै विकास भएतापनि अझै पनि धेरै नेपालीहरु आँखा उपचार सम्बन्धी जनचेतनाको अभावमा उपचारबाट बन्चित रहेको संघका अध्यक्ष प्रा.डा. चेजराज पन्तले बताउनु भयो । ‘सन् २०२१ मा नेपालका ७ वटै प्रदेशमा गरिएको सर्वेले समेत आँखा उपचार सम्बन्धी जनचेतनाको अभावमा सबैभन्दा बढि नागरिकहरु आँखा उपचार सेवाबाट बन्चित रहेको देखाएको छ त्यसैले सबै मिलेर आँखा उपचार सम्बन्धी जनचेतना जगाउन आवश्यक रहेको डा. पन्तले बताए।

वि.स २०३५ साल चैत्र १३ गते गैरसरकारी संस्थाका रुपमा स्थापित संघले आफ्नो स्थापनाको ४६ वर्ष पार गरी ४७ वर्षमा प्रवेश गरेको छ । ४७ औँ नेत्रज्योति दिवसका अवसरमा संघले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मानित गर्ने निर्णय गरेको छ ।

लायन्स क्लब इन्टरनेशनल मल्टिपल काउन्सिल ३२५, प्रा.डा. डि.एन शाह, प्रा.डा. ताकेसी नाईतो, डा. जुनसुके आकुरा, डा. रघुनन्दन बेन्जु र कृष्णहरी सापकोटालाई नेत्रज्योति सम्मानबाट सम्मानित गरिने भएको छ । त्यसैगरी श्यामकुमार पोखरेल, चक्रबहादुर सिंह, श्यामसुन्दर उदास, प्रा.डा. दिलबहादुर क्षेत्री र पद्मनारायण चौधरीलाई लाईफ टाईम अचिभ्मेन्ट अवार्डबाट सम्मानित गरिनेछ ।

स्थापनाकाल देखि सन् २०२४ को अन्तिमसम्ममा संघको संजाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।

Tags: Dr. Chet Raj pantDr. Shailesh Kumar MishraNepal Netra joyti sang
Nisarga hospital Dhangadhi
Previous Post

मधेश प्रदेशमा मापदण्ड विपरीत संचालन गरिएका १३ अस्पताल बन्द

Next Post

बर्दिया अस्पतालले बेरुजु शुन्य बनाएकोमा लुम्बिनी प्रदेश सरकारबाट सम्मानित

Related articles

News

सडक दुर्घटना न्यूनीकरणमा ट्राफिकको सक्रियता: सवारी चालकको स्वास्थ्य परीक्षण गर्दा उच्च रक्तचाप

17 hours ago
784
News

कान्तिपुर डेन्टल कलेजको १८औँ वार्षिकोत्सव सम्पन्न

22 hours ago
786
News

खोटाङ जिल्लाको एक परिवारका तिनै सन्तान सरकारी सेवामा

22 hours ago
792
News

धनगढी उपमहानगरपालिकामा एक लाखभन्दा बढीले लिए स्वास्थ्य सेवा

23 hours ago
780
News

चिकित्सक संघमा डा. रिजाल र डा.  रावलबीच प्रतिष्पर्धा हुने

1 day ago
923
News

नर्स लगायत स्वास्थ्यकर्मीका माग सम्बोधनका लागि कार्यदलले बुझायो प्रतिवेदन

2 days ago
797
Next Post
बर्दिया अस्पतालले बेरुजु शुन्य बनाएकोमा लुम्बिनी प्रदेश सरकारबाट सम्मानित

बर्दिया अस्पतालले बेरुजु शुन्य बनाएकोमा लुम्बिनी प्रदेश सरकारबाट सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

    CATEGORIES

    • Articles (129)
    • Disease (106)
    • English (49)
    • Fitness (26)
    • Health (201)
    • Lifestyle (58)
    • News (3,337)
    • Nutrition (43)
    • Research & Study (66)
    • Weight Loss (25)

    Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
    Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
    Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

    • Preeti font to Nepali Unicode Converter
    • Advertise with us
    • Submit News
    • Contact
    • About
    • Terms
    • Privacy
    • Accessibility

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In
    No Result
    View All Result
    • Health
    • Nutrition
    • Disease
    • Articles
    • 🔥 डेंगु (Dengue Treatment)
    • लू – Heat Wave 🔥🥵🪭

    Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
    Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
    Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.