आज मिति : २०८२ माघ २७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

मेडिसिटी हस्पिटलमा ‘कम्प्रिह्यान्सिभ ब्रेस्ट क्यान्सर सेन्टर’ सञ्चालन

Nam Raj Bhatta by Nam Raj Bhatta
December 26, 2023
in News
A A
0
मेडिसिटी हस्पिटलमा ‘कम्प्रिह्यान्सिभ ब्रेस्ट क्यान्सर सेन्टर’ सञ्चालन
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

ललितपुर, १० पुष २०८०

नेपाल मेडिसिटी अस्पतालले ‘कम्प्रिह्यान्सिभ ब्रेस्ट क्यान्सर सेन्टर’ सञ्चालनमा ल्याएको छ।

महिलाहरुमा बढ्दै गएको स्तन क्यान्सर र उपचारको अभावका कारण मृत्यु व्यहोर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै उक्त सेन्टर सञ्चालनमा ल्याएको हो।

‘कम्प्रिह्यान्सिभ ब्रेस्ट क्यान्सर सेन्टर’ अन्तर्गत महिलाहरुले सबै किसिमका उपचार, निदान, स्तन रिकन्सट्रक्सन तथा जनचेतनाका लागि तालिमको सेवा एकै छानामुनिबाट प्राप्त गर्न सक्नेछन्। यस विभागबाट विभिन्न परीक्षण, शल्यक्रिया तथा शल्यक्रिया पछि नक्कली स्तन राख्ने वा रिकन्स्ट्रक्सनको सुविधा पनि प्रदान गरिन्छ।Start mediciti

नायिका तथा सामाजिक अभियन्ता मनिषा कोइराला, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्ययक्ष भवानी राणा र महिला उद्यमी महासंघ नेपालका निवर्तमान अध्ययक्ष निरु रायमाझीले सेन्टरको उद्धघाटन गरेका हुन्।

अस्पतालका अध्यक्ष उपेन्द्र महतोले नेपालीहरुलाई स्वदेशमै सम्पूर्ण सेवा प्राप्त होस् भन्ने उद्धेश्यले विशेषज्ञ केन्द्रहरु एकपछि अर्को सञ्चालन गरेको बताए।

कार्यक्रममा बोल्दै नायिका मनिषा कोइरालाले विदेशमा जसरी नै नेपालमा पनि क्यान्सर रोगको केन्द्रिकृत उपचार अभ्यास हुनुपर्ने बताइन्। उनले क्यान्सरको अनुभव साट्दै सबै किसिमका क्यान्सरको उपचार नेपालमै हुनुपर्ने जोड दिइन्। उनले ग्रामीण भेगका महिलाहरुमा पनि उपचारको पहुँच भएको हेर्ने आफ्नो सपना रहेको बताइन्।

त्यस्तैगरी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्ययक्ष भवानी राणाले नेपाल मेडिसिटीमा स्तन क्यान्सरको सबै उपचार सम्भव भएकोमा खुशी व्यक्ति गरिन्। उनले महासंघसँग जोडिएका ग्रामीण भेगका महिलाहरुमा जनचेतना फैलाउन आफूले पनि सहयोग गर्ने वाचा गरिन्।

महिला उद्यमी महासंघ नेपालका निवर्तमान अध्यक्ष निरु रायमाझीले महिलाहरुमा जनचेतनाको कमी रहेको बताइन्। उनले भनिन्, ‘हाम्रो स्वास्थ्य प्रणाली महिलामैत्री छैन। सरकारले महिलालाई आर्थिक रुपमा सशक्तिकरण गर्ने उदेश्य बोकेको छ, तर जबसम्म महिलाहरुको स्वास्थ्य सुरक्षित हुँदैन, तबसम्म आर्थिक रुपमा सशक्तिकरण गर्न सकिँदैन।’

आफैले छामेर पत्ता लाग्न सक्ने रोग भएतापनि कति महिलाहरुलाई कसरी जाँच्ने भन्ने विषयमा थाहै नभएको ‘कम्प्रिह्यान्सिभ ब्रेस्ट क्यान्सर सेन्टरका प्रमुख तथा प्रिन्सिपल कन्सलटेन्ट डा. ज्योति रायमाझीले बताइन्।Cancer

‘स्तन क्यान्सरबारे जानकारी तथा छामेर पत्ता लगाउन सक्नेगरी हामीले ‘सेल्फ ब्रेस्ट ईक्जामिनेसन ट्रेनिङको व्यवस्था गरेका छौं,’ डा. ज्योतीले भनिन्।

त्यस्तै, स्तन क्यान्सर भन्ने वित्तिकै महिलालाई मात्र हुन्छ भन्ने भ्रम समाजमा फैलिएको छ, जुन गलत हो। यो रोग पुरुषमा पनि देखिन्छ। अध्ययनहरुका अनुसार एकलाख महिलामा ११८ जनामा स्तन क्यान्सर देखिन्छ भने एकलाख पुरुषहरुमा एक जनामा स्तन क्यान्सर देखिने गरेको छ।

पुरुषहरुका लागि पनि हामीले सोही तरिकाबाट क्यान्सर पत्ता लगाउने तालिम प्रदान गर्दछौं। तालिममा कस्तो ट्युमर क्यासर हुन् र कस्तो ट्युमरलाई उपचार नगर्दा पनि शरीरलाई केही असर पार्दैन भन्ने विषयमा पनि सचेत गराउने उदेश्यका साथ यो सेन्टर स्थापना गरिएको डा. ज्योतीले बताइन्।

त्यस्तैगरी, रेडियोलोजिस्ट तथा ब्रिस्ट इमेजिङमा फेलोसिप गरेका डा. कुन्दना रायमाझीका अनुसार सबै स्तनको क्यान्सर छामेर पत्ता लगाउन सकिँदैन। यसको लागि म्यामोग्राम परीक्षण गराउनुपर्दछ।

प्रारम्भिक चरणमै स्तन क्यान्सर छ वा छैन भन्ने पत्ता लगाउन म्यामोग्राम परीक्षण गरिन्छ। “मटरको दाना भन्दा सानो क्यान्सरको गिर्खा हुँदा हातले भेट्न सकिन्न तर म्यामोग्राम परीक्षण गर्दा पत्ता लाग्छ। त्यस्तै, क्यान्सर कुन स्टेजमा पुगेको छ भन्ने थाहा पाउन ग्रिर्खाको आकारमा भर पर्छ,’ डा. कुन्दनाले भनिन्।

सामान्यतया यो म्यामोग्रामको परीक्षण ४० वर्ष नाघेपछि गरिन्छ भने ४० वर्ष भन्दा कम उमेर समूहका महिलाहरुलाई स्तनको अल्ट्रासाउण्ड परीक्षण मात्र गराइन्छ।

तर जो महिलाको आमा अथवा परिवारमा कुनै व्यक्तिहरुलाई स्तन क्यान्सर भएको इतिहास छ भने स्तन क्यान्सर हुने जोखिम धेरै हुन्छ। त्यसैले ती महिलाले ३० देखि ३५ वर्षको उमेरमै म्यामोग्राम गराउन आवश्यक रहेको डा कुन्दना बताउँछिन्।

‘कम्प्रिह्यान्सिभ ब्रेस्ट क्यान्सर सेन्टर’ खुलिसकेपछि विरामीहरुले स्तनसम्बन्धि सबैखाले परीक्षण अस्पतालमै गर्न पाउनेछन्। दक्ष चिकित्सकहरुबाट जाँच्ने तथा सल्लाह लिने, स्तनको एमआरआई, वायोप्सी, युएसजी, म्यामोग्राम परीक्षण देखि सर्जरीको पनि सेवा एकै ठाउँबाट लिन सकिन्छ।

Tags: #Mediciti hospitalCancer
Previous Post

डा. अरुण शाहीलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार प्रदान

Next Post

सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै

Related articles

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न
News

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

11 hours ago
1.6k
काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न
News

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

11 hours ago
1.6k
निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)
News

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

11 hours ago
1.7k
किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा
News

किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा

7 days ago
1.6k
३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने
News

३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने

1 week ago
1.6k
काठमाडौंमा ऐतिहासिक चिकित्सा सम्मेलन : म्याक्स हेल्थकेयरको कोलोरेक्टल क्यान्सर कन्क्लेभमा १०० भन्दा बढी वरिष्ठ चिकित्सकको सहभागिता
News

काठमाडौंमा ऐतिहासिक चिकित्सा सम्मेलन : म्याक्स हेल्थकेयरको कोलोरेक्टल क्यान्सर कन्क्लेभमा १०० भन्दा बढी वरिष्ठ चिकित्सकको सहभागिता

1 week ago
1.6k
Next Post
जुम्लाका अति बिपन्न स्थानीयहरूलाई निशुल्क स्वास्थ्य बिमा कार्यक्रम शुरु

सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Bhageshwor Gaun palika awareness
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (133)
  • Disease (106)
  • English (53)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,432)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...