काठमाडौं, १८ मंसिर २०८०
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. चोपलाल भुसाल नियुक्त भएका छन्।
मन्त्रिपरिषदको गत १३ गतेको बैठकले डा. भुसाललाई ४ वर्षे कार्यकालको लागि अध्यक्षमा नियुक्त गरेको हो।
डा. भुसालले नियुक्ति पत्रसमेत बुझिसकेका छन्। यसअघिका काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाको कार्यकाल सकिएपछि डा. भुसाललाई अध्यक्षमा नियुक्त गरिएको हो।