आज मिति : २०८२ बैशाख २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

नेपाल मेडिकल कलेजमा कानको श्रवण सम्बन्धि निशुल्क जाँच

Nam Raj Bhatta by Nam Raj Bhatta
March 4, 2024
in News
A A
0
Nepal medical college world hearing day

Nepal medical college world hearing day

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, २१ फागुन २०८०

नेपाल मेडिकल कलेजमा कानको श्रवण सम्बन्धी निःशुल्क जाँच गरेको छ।

कलेजले विश्व श्रवण दिवसको अवसरमा नाक कान घाँटी विभाग अन्तरगत ओपिडी शुल्क र कानको श्रवण सम्बन्धी परिक्षण निःशुल्क गरेको हो।

आईतबार आयोजित निःशुल्क श्रवण परीक्षण तथा नाक कान घाँटी निःशुल्क ओपिडीमा ९७ जनाले ओपिडी सेवा लिएको तथा ३० जनाको कानको श्रवण परिक्षण गरिएको नाक कान घाँटी रोग विज्ञागको विशेषज्ञ चिकित्सक डा. सुमेध मिश्रले जानकारी दिए।

सो क्रममा धेरैको नाक कान घाँटी सम्बन्धी र कानको श्रवण सम्बन्धी समस्याहरुले देखिएको छ। चिकित्सकहरुले कानको श्रवणमा समस्या देखिएकाहरुलाई आवश्यक परामर्श सहित कानको श्रवणको उपचार गर्न सल्लाह दिएका थिए। परिक्षणमा वयस्क महिला पुरुष, ज्येष्ठ नागरिक र बालबालिकाहरु पनि सहभागी थिए।

चिकित्सकहरुले नेपालमा कानको श्रवण सम्बन्धी जस्तोसुकै समस्याको उपचार हुने, ज्येष्ठ नागरिकमा श्रवण सम्बन्धी समस्या आइपरेपछि देखिने शारिरीक र मानसिक अवस्थाका बारेमा सचेतना समेत दिएका थिए।

विश्व स्वास्थ्य संगठनले प्रत्येक वर्ष मार्च ३ लाई विश्व श्रवण दिवसका रुपमा मनाउने गरेको छ। डा. मिश्रका अनुसार गर्भावस्थामै गर्भको शिशुको श्रवण शक्तिको परीक्षण गर्ने विधिहरु आइसकेको छ।

पेटमा रहेको शिशुको श्रवण क्षमताको परीक्षण गरी शिशु जन्मिएको ६ महिनासम्ममा श्रवण समस्याको उपचार गर्न सकिने डा. मिश्रको भनाई छ। ‘गर्भावस्थामै धेरै यस्ता संक्रमणहरु छन् जो आमाबाट बच्चामा पास हुँदैगर्दा जन्मजात नै श्रवण सम्बन्धी समस्या हुने गरेको छ। त्यस्ता संक्रमणको रुटिन प्रोफाइलहरु हरेक प्रसुति तथा स्त्री रोग विशेषज्ञले गर्नुहुन्छ।’ डा. मिश्र भन्छन्।

गर्भवती अवस्थामा अत्याधिक मात्रामा औषधीहरु खासगरी प्रसुति रोग विशषज्ञ चिकित्सकले सिफारिस नगरीकन सेवा गर्दा पाठेघरमा रहेको बच्चाको स्वास्थ्यमा असर गर्दछ। ‘धेरै औषधीहरु हुन्छन् जसलाई अटो टक्सिस गुण भन्छौं। त्यसले पछि गएर बच्चाको कानमा असर गर्नसक्ने भएकोले कुशल र अनुभवी प्रसुति तथा स्त्री रोग विशेषज्ञको सल्लाहमा औषधी सेवन गर्नुपर्छ।’ नेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी तथा नाक कान घाँटी सम्बन्धी जस्तोसुकै समस्याको उपचार हुने भन्दै डा. मिश्रले भने।

कान नसुन्ने समस्या बालबालिका र ज्येष्ठ नागरिकमा बढी मात्रामा हुने भन्दै डा. मिश्रले ज्येष्ठ नागरिकहरुमा ‘म कान सुन्दिन’ भन्दा अरुले कमजोर ठान्ने वा सामाजिक, पारिवारिक हिनताभाव महशुष गर्ने भएकाले उनीहरुले खुलेर भन्न नसकेको जिकीर गरे। ‘हामी कहाँ आउने अधिकांश बा आमाहरुमा हेयरिङ एड लगाउँदा कसैले केही भन्ने होकि, गिज्याउने हो कि भन्ने चिन्ता देखिएको छ। कान नसुन्ने समस्यालाई आजको दिनमा उपचार गरेर निको पार्न सकिन्छ। कान नसुन्दैमा समाजमा बाच्न सकिँदैन भन्ने भ्रमबाट मुक्त गर्नु अपहिरहार्य छ।’ यसका लागि परिवारका ज्येष्ठ नागरिकलाई कानको समस्या छ वा कान नसुन्ने समस्या देखिएको छ भने उनीहरुको उपचार गर्न ध्यान दिनुपर्ने भन्दै भने।

कलेजले श्रवण सम्बन्धी सचेतना फैलाउन तथा आम नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न निःशुल्क ओपिडी तथा श्रवण सम्बन्धी परिक्षण सेवा दिइएको जनाएको छ।

Tags: #Nepal Medical CollegeDr. Subedha mishraWorld Hearing Day
Nisarga hospital Dhangadhi
Previous Post

हाम्रो औषधिको गुणस्तर डब्लुएचओको मापदण्डमा: प्रशंसा श्रेष्ठ

Next Post

नेपाललाई स्वदेशी औषधिमा आत्मनिर्भर बनाउन जोड

Related articles

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक
News

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक

4 hours ago
1.4k
धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

11 hours ago
791
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

12 hours ago
792
भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन इकाईको सुरुवात

1 day ago
843
गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण
News

गलकोटमा दुई स्वास्थ्यचौकी एकैपटक निर्माण

2 days ago
784
भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए
News

भक्तपुर क्यान्सर अस्पतालमा बाल क्यान्सर वार्ड र पीआईसियूका वेड थपिए

2 days ago
798
Next Post
नेपाललाई स्वदेशी औषधिमा आत्मनिर्भर बनाउन जोड

नेपाललाई स्वदेशी औषधिमा आत्मनिर्भर बनाउन जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,013)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.