काठमाडाैं, २८ साउन २०८२
नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त हुनु भएको छ ।
बुधबार कलेज सञ्चालक समितिले डा. नुसरतलाई डाइरेक्टरमा नियुक्त गरेको हो ।
डा. नुसरतलाई बुधबार कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारी, प्रबन्ध निर्देशक डा. सबिहा यासमिन र प्रिन्सिपल प्रा.डा. मोदनाथ मरहठ्ठाले स्वागत तथा पदभार गराउनु भएको हो ।
डा. नुसरत जहाँ अन्सारीले कलेजको प्रशासन र मानव संसाधन व्यवस्थापकीय सेवामा योगदान गर्ने बताएकी छन् । डा. नुसरत यसअघि विरगञ्जस्थित नेशनल मेडिकल कलेजको एकेडेमिक डाइरेक्टरका रुपमा हुनुहुन्थ्यो ।