काटमाडौं, २ जेठ २०८२
नेपाल मेडिकल कलेजका अध्यक्ष डा. जैनुद्धिन अन्सारीले नेपालबाट हज गर्न साउदी अरब जाने हजयात्रीहरुको स्वास्थ्यको ख्याल गर्दै अत्यावश्यक औषधीहरुको व्यवस्थापन गरिदिएका छन् ।
बिहीबार मेडिकल कलेजमै बोलाएर हज समितिका पदाधिकारीहरुलाई हजयात्रीहरुको स्वास्थ्य सेवामा कुनै समस्या नआवोस् भन्दै अत्यावश्यक औषधीहरु उपलब्ध गराएका हुन ।
अध्यक्ष प्रा.डा. अन्सारीले भने नेपालबाट हज यात्रामा निस्कनु भएका सम्पूर्ण हजयात्रीहरुको सूस्वास्थ्य दिर्घायूको कामना गर्दै हजयात्रा सफल होस् भन्ने शुभकामना दिन चाहन्छु । उपलब्ध गराइएको औषधीहरुले यात्रारत हजयात्रीको स्वास्थ्यमा कुनैपनि स्वास्थ्य समस्या देखापर्नु पूर्व र स्वास्थ्य समस्या देखापरे पछि सेवन गर्न मिल्नेछन् ।
सो अवसरमा नेपाल हज समितिका अध्यक्ष इश्रा मुल्ला मियाँले कलेजका अध्यक्ष प्रा.डा. अन्सारीले हजयात्रीको स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्दै अत्यावश्यक औषधीहरु उपलब्ध गराएकोमा कृतज्ञता सहित धन्यवाद व्यक्त गरे । ‘यहाँले प्रदान गर्नु भएको स्वास्थ्य सामग्रीले हज यात्रामा जाँदै गर्नुभएका धेरै हजयात्रीको जीवन बचाउन टेवा पुग्ने विस्वास छ ।यहाँको सद्भाव र सहयोग प्रति कृतज्ञता प्रकट गर्दछौं । अध्यक्ष मिँयाले भने ।
हज समितिका अनुसार यो पटक ११७१ जना नेपाली हजयात्री मक्का मदिना जाँदैछन् । जसमा ५२५ जना महिला र ६४६ जना पुरुष रहेका छन् । उल्लेखित हजयात्री मध्ये करिब २ सय जना ज्येष्ठ नागरिक रहेका छन् ।
हज समितिले हरेक वर्ष साउदी अरबको हजयात्रामा जाने मुस्लिम समुदायहरुको व्यवस्थापनका लागि काम गर्दै आइरहेको छ । साउदी अरब सरकारले सन् २०२५ को हजयात्राका लागि नेपाललाई १२ सय जना इस्लाम धर्मावलम्बीको कोटा निर्धारण गरेको छ।