काठमाडौं, ०१ चैत्र २०८२
नेपाल चिकित्सक संघको निर्वाचन समितिले केही महिना देखि रोकिएको निर्वाचनको नयाँ मिति तय गर्न उम्मेदवारहरूसँग छलफल गर्ने भएको छ।
कार्यसमितिको फागुन ३० गते शनिवार बसेको बैठकले निर्वाचन प्रक्रिया अघि बढाउने विषयमा उम्मेदवारहरूसँग छलफल गर्ने निर्णय गरेको हो।
प्रमुख निर्वाचन अधिकृत डा. प्रणयरत्न शाक्यद्वारा जारी विज्ञप्तिअनुसार आगामी बुधबार बिहान ११ बजे संघको केन्द्रीय कार्यालय, प्रदर्शनीमार्गमा उपस्थित हुन उम्मेदवार वा उनीहरूको प्रतिनिधिलाई आग्रह गरिएको छ।
निर्वाचन गत माघका लागि तय गरिएको उम्मेदवारी कायमसम्बन्धी विवाद तथा प्रतिनिधिसभा निर्वाचनको आचारसंहिताका कारण स्थगित गरिएको थियो।





