Magnus pharma
आज: २०८२ चैत्र ९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

नेपालका अस्पतालमा नेतृत्व विकास विषयक एकदिने कार्यशाला सम्पन्न

स्वास्थ्य मन्त्रीको भनाइ : “ अस्पतालमा व्यवस्थापकीय जनशक्ति थपिँदैछ”

Nam Raj Bhatta by Nam Raj Bhatta
June 8, 2025
in News
Reading Time: 1 min read
A A
0
नेपालका अस्पतालमा नेतृत्व विकास विषयक एकदिने कार्यशाला सम्पन्न
585
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २५ जेठ २०८२

नेपालका अस्पतालमा बोर्ड नेतृत्व विकास सम्बन्धि १ दिवसीय सेमिनार सम्पन्न भएको छ। नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपालको संयुक्त आयोजनामा ‘नेपालका अस्पतालमा बोर्ड नेतृत्व विकास’ कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालको पुनः संर्चना  गर्ने क्रममा अस्पताल व्यवस्थापक राख्ने कुरामा पटक पटक छलफन भएको र हाल भएको मेडिकल सुपरिटेन्डेन्ट र व्यवस्थापकको जिम्मेवारी दुविधा भएको बताए।

घोषणा पत्रमा स्वास्थ्य पहिलो प्राथमिकता भनिए पनि लामो समय देखि दरबन्दी सृजना गर्न र ओएनएम गर्न नसकिएको बताए। नेपालमा सरकारी स्वास्थ्य सेवामा क्यान्सर, मुटु, मिर्गौला रोग विशेषज्ञ कम भएका कारण सातै प्रदेशमा स्वास्थ्य सेवा पुर्याउन नसकिएको बताए।Mahendra bhusal

स्वास्थ्य सेवा दिइरहेका स्वास्थ्य संस्थाको व्यवस्थापकीय जिम्मेवारी सरकारको भएकाले मेसुलाई व्यवस्थापकीय जिम्मेवारी सहित सेवामा लगाउने वा व्यवस्थापकलाई अधिकृत भन्दा माथि हुने गरी संरचना तयार गर्ने गरी मेरै समयमा यो काम गर्ने बताए। उनले भने २५ सयको ओएनएम गरिदै छ। ८ सय डाक्टर १२ सय नर्स थप्दै गर्दा १९ अस्पतालमा १९ व्यवस्थापकीय जनशक्ति थप्ने गरी काम भइरहेको बताए। स्वास्थ्य सेवा ऐन ल्याइदै छ भन्दै त्यसले धेरै कुराको सम्बोधन गर्ने बताए।

नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघका अध्यक्ष महेन्द्र राज भुसालले अस्पतालका अधिकांस समस्या अस्पतालका व्यवस्थापकीय समस्या भएको भन्दै अहिले भएकै ऐनले व्यवस्थापक राख्न सकिने बताउदै, ५० शैया भन्दा बढी अस्पतालमा व्यवस्थापक राख्न सकिने बताए। नेपाल सुँहाउदो ऐन सुधार गर्ने र सरकारी र निजी दुबैमा लागु हुने व्यवस्था गर्न आग्रह गरे। Afin2

कार्यक्रममा अफिनका अध्यक्ष डा. पदम खड्काले सरकारी अस्पतालको सेवा गुणस्तरीय बनाउन अस्पताल व्यवस्थापक हुनु पर्नेमा जोड दिदै अस्पतालको मापदण्ड निजी तथा सरकारी दुबैले कार्यान्वयन गर्न सक्ने हुनुपर्ने बताए।

नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघका महासचिव डा. होम प्रसाद अधिकारीले स्वागत मन्तव्य दिदै कार्यक्रमको बारेमा जानकारी दिएका थिए।

निक साइमन्स ईन्स्टिच्युटका जनार्धन पाठकले सरकारी स्वास्थ्य संस्थामा हेल्थ केयर मेनेजरको उपस्थिति कस्तो छ भन्ने बारेमा जानकारी दिएका थिए। ५० जाना हस्पिटल केयर मेनेजरले सरकारी संस्थामा काम गरिरहेको जानकारी दिए। न्युनतम सेवा मापदण्डमा ८० नं भन्दा माथि ल्याएका २४ मध्ये २२ अस्पतालहरुमा भने अस्पताल व्यवस्थापक अधिकृत रहेको पाइएको बताए।

यस कार्यशालाका प्रमुख ट्रेनर डा. बच्चु कैलास कैनीले अस्पतालको व्यवस्थापनले लगानी गर्दा वा संचालन गर्दा के कस्ता तयारी गर्नुपर्छ भन्दै १६ महत्वपूर्ण कुरामा ध्यान दिनु पर्ने बताए।

हस्पिटल बोर्ड गभर्नेन्स प्लानिङ तथा अपरेसन जस्ता महत्वपूर्ण रहेको भन्दै अस्पतालको संचालनमा बोर्डको महत्वपूर्ण भुमिका भएको बताए। संस्थामा काम गर्ने हरेक व्यक्तिले आफ्नोपन हुने वातावरण हुनुपर्नेमा जोड दिए। उनले नेतृत्व गर्ने हरेक व्यक्तिमा ज्ञान, सीप र आत्मविश्वास हुनुपर्ने बताए।

डा. कैनीले बेलायतमा ७८ प्रतिशत अस्पताल व्यवस्थापकले चलाउने गरेको बताउदै अस्पतालको व्यवस्थापनमा जाने डाक्टरले तालिम लिएर आउनुपर्ने र पूर्णकालिन हुनुपर्ने बताए। उनले नेपालमा अस्पतालको प्रमुख डाक्टर मात्र हुने चलन रहेको भन्दै सरकारी अस्पताल पनि बैक क्रप्ट हुन्छ। केशका आधारमा पैसा पाउछन् एक मुस्ट दिदैनन्। सरकारले सरकारी अस्पतालसँग सेवा किन्छ। सबै कुराको रेकर्ड राखिने बताए। सेवा निःशुल्क भएपनि सबै व्यापार प्लानिङमा चल्छ, उनले भने।

नेतृत्वमा हुनुपर्ने महत्वपूर्ण कुरा भनेको सेल्फ लिडरसिम सबै भन्दा महत्वपूर्ण कुरा भएको बताउदै त्यस्तै टिम लिडरसिप र संस्थागत लिडरसिप महत्वपूर्ण भएको उल्लेख गरे।

स्ट्राटिजिक प्लानिङ भनेको हामी कहाँ छौ ? हामी कहाँ पुग्ने हो ? र कसरी पुग्ने भन्ने यसको मुख्य भएको बताए। योजना बनाउदा के गर्ने भने जस्तै के नगर्ने भन्ने पनि उत्तिकै महत्वपूर्ण भएको बताए।

डा. कैनी एआरयूमा स्वास्थ्य सेवा व्यवस्थापन र नेतृत्वका वरिष्ठ व्याख्याता हुन्। उनी उच्च शिक्षा प्रतिष्ठानका वरिष्ठ फेलो र बेलायतको रोयल सोसाइटी अफ पब्लिक हेल्थका फेलो हुन्। बेलायत र नेपालमा स्वास्थ्य सेवाहरूको व्यवस्थापन र नेतृत्व गर्ने काममा उनीसँग ३२ वर्षभन्दा बढीको अनुभव रहेको छ।

कर्पोरेट लयर्स सृजना अधिकारीले अस्पताल व्यवस्थापन र संचालनका लागि के कस्ता सामान्य ऐन कानुन, नियमावली सम्झौता जस्ता कुराहरुबारे जानकारी लिनुपर्छ भन्दै अस्पताल संचालकले सामान्य कानुन र स्वास्थ्य सेवाका विविध कानुनबारे जानकार हुनुपर्ने विषयमा प्रस्तुती दिएकी थिइन्।

चार्टर एकाउन्टेन्ट समिर घिमिरेले अस्पताल व्यवसायमा फाइनान्स व्यवस्थापनको के कस्ता समस्याहरु रहेका छन् भन्ने विषयमा आफ्नो प्रसतुति दिदै तथ्यांक विष्लेषण भन्दा आफ्नो परम्परागत अनुभवका आधारमा सेवाको मुल्य राख्ने प्रचलन रहेकाले फाइनान्सका हिसाबले सबै अस्पतालले एकैखाले समस्या भोगिरहेको बताए।

कार्यक्रमको दोस्रो सत्रमा नेपालमा अस्पताल संचालनमा के कस्ता समस्या रहेका छन् यस्तो समस्या समाधानका उपाए के कस्ता हुन सक्छन् भन्ने विषयमा सहभागीहरुको चार समुह बनाएर छलफल गरी समुहगत प्रस्तुति गरिएको थियो चार समुहको प्यानलमा डा. मुनिराज क्षेत्री, धर्म राज घोसाई, राजेश प्रसाई र डा पदम खड्काले गरेका थिए।

टेक्निकल सेसनको सार्वजनिक तथा निजी स्वास्थ्य संस्था सञ्चालक समिति र म्यानेजरहरुको रणनीतिक नेतृत्वमा क्षमता अभिवृद्धि गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको थियो।

Tags: Dr. Padam khadkaHealth care managementMahendra bhusalPrivate hospital
SummarizeShare234ScanTweet146

Related articles

जिल्ला अस्पताल बैतडी न्यूनतम सेवाको मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट #Baitadihospital

बैतडी अस्पतालमै भयो सानाे चिराबाट हाडजोर्निको जटील शल्यक्रिया

by Nam Raj Bhatta
March 23, 2026
0

वैतडीको दोगडाकेदार गाउँपालिका– ३ का एक पुरुषको काटेको रुख ढलेर खुट्टामा परेपछि घुँडामुनिको दुबै हड्डी बाँचियो । घटनापछि तुरुन्तै जिल्ला अस्पतालको इमेरजेन्सिमा पुगेका उनलाई बैतडी अस्पतालमै उपचार हुने...

स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक

स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक

by Nam Raj Bhatta
March 22, 2026
0

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले आज आफ्नो कार्यकालमा सम्पादन भएका प्रमुख कार्यहरूको 'प्रगति प्रतिवेदन' सार्वजनिक गरेकी छिन्।  'जेन-जी' आन्दोलन पश्चात् सरकारको नेतृत्व सम्हालेकी डा. शर्माले चुनौतीपूर्ण समयमा...

किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने

किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने

by Nam Raj Bhatta
March 22, 2026
0

ललितपुरस्थित किष्ट मेडिकल कलेज एवम् शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपणसम्बन्धी अध्ययन अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने भएको छ । स्विट्जरल्यान्डको जेनेभा मा मे ६ देखि ९ सम्म आयोजना हुने...

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

by Nam Raj Bhatta
March 22, 2026
0

रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले एमआरआई सेवाको सञ्चालनमा आएको छ । शुक्रबार अस्पतालको ११६ औँ बार्षिकोत्सवका अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उक्त सेवाको उद्घाटन गर्नु भएको थियो...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    631 shares
    Share 252 Tweet 158
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    623 shares
    Share 249 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    662 shares
    Share 296 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बैतडी अस्पतालमै भयो सानाे चिराबाट हाडजोर्निको जटील शल्यक्रिया
  • स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक
  • किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने
  • लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
  • जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.