काठमाडौं, ९ चैत्र २०८०
नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएनले मुलुकका विभिन्न भागका विशेष कार्यक्रम गरी विश्व मुख स्वास्थ्य दिवस मनाएको छ।
दिवसका अवसरमा काठमाडौंसहित मधेश प्रदेश, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश लगायतका स्थानमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरी विश्व मुख स्वास्थ्य दिवस मनाएको हो। यो दिवस हरेक २० मार्चमा मनाइने गरिन्छ।
नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएनका अध्यक्ष माइकल देवकोटाका अनुसार दिवसका उक्त अवसरमा मधेस प्रदेशका अर्थ मन्त्री संञ्जय कुमार यादवको उपस्थितिमा मुसहर बस्तीमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरी ब्रस मञ्जन वितरण गरिएको छ।
सो अवसरमा मन्त्री यादवले आफुले मुख स्वास्थ्यको विकासको लागि सक्ने सहयोग गर्ने बताए। एसोसिएसनले कर्णाली प्रदेश लगायत काठमाण्डौका विभिन्न स्थानमा जनचेतनामुलक कार्यक्रम गरी मुख स्वास्थ्य दिवस मनाएको छ।