काठमाडौं, २० पुष २०८१
काठमाडौंको सिनामंगलमा रहेको क्रिष्टल डाइग्नोष्टिक प्रा.लि. मा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजि ल्यावको विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि ३० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र क्रिष्टल डाइग्नोष्टिक प्रालिको तर्फबाट प्रबन्ध निर्देशक रबिन्द्र के.सी.ले हस्ताक्षर गरेका छन् ।
यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले अस्पतालबाट प्रदान गरिने General Pathology test, Molecular Test, Outsourcing Test, USG, ECHO, ECG, X-Ray, PFT, Endoscopy, Colonoscopy र RT-PCR Test आदी जस्ता स्वास्थ्य सेवाबाट लाभान्वित हुन जनाइएको छ।