काठमाडौं, २३ मंसिर २०८०
नेपाल आयुर्वेद औषधि उत्पादक संघको सातौं महाधिवेशन बाट सुमन प्रसाद पाण्डेलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको छ।
संघको वरिष्ठ उपाध्यक्षमा चन्द्र कान्त खनाल, उपाध्यक्षमा महेन्द्र राज बज्राचार्य, महासचिवमा बुद्धिमान शाक्य, कोषाध्यक्षमा सूर्यकृष्ण श्रेष्ठ, सचिवमा डा. सुमन पौडेल र सहकोषाध्यक्षमा अर्जुन पौडेल निर्विरोध निर्वाचित भएका हुन्।
त्यस्तैगरी सदस्यहरूमा नारायण प्रसाद सापकोटा, राजेन्द्र बस्नेत, सिदार्थ खण्डेवाल, विनोद अधिकारी र मनिष कुमार झा रहेको निर्वर्तमान अध्यक्ष मान बहादुर साँउदले जानकारी दिनुभयो।