काठमाडौं, २ चैत २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. श्रीराम तिवारीलाई जिम्मेवारी दिएका छन्। केन्द्रमा निर्देशक रहेका डा. प्रज्वल श्रेष्ठलाई वीर अस्पतालमा पठाइएको छ।
डा. तिवारी यसअघि सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट थिए। डा. तिवारीले शुक्रबार पत्र बुझेको जानकारी दिनुभयो।
डा. तिवारीलाई केन्द्रमा सरुवा गरेपछि गजेन्द्रनारायण सिंह अस्पतालमा डा. प्रकाश साहलाई पठाइएको छ। डा. साह बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट थिए।