आज मिति : २०८२ मंसिर ५
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

राष्ट्रिय ट्रमा सेन्टरमा दुरबिन प्रविधि बाट मेरुदण्डको शल्यक्रिया

Nam Raj Bhatta by Nam Raj Bhatta
August 26, 2025
in News
A A
0
राष्ट्रिय ट्रमा सेन्टरमा दुरबिन प्रविधि बाट मेरुदण्डको शल्यक्रिया
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १० भदौ २०८२

राष्ट्रिय ट्रमा सेन्टरमा इन्डोस्कोपिक स्पाइन सर्जरी (दुरविनबाट गरिने मेरुडण्डको शल्यक्रिया) प्रविधिबाट गरिने भएको छ । दुरविनबाट मेरुडण्डको शल्यक्रिया गर्दा विरामीलाई धेरै सहज हुने गर्दछ ।

सेन्टरका प्रमुम मेडिकल सुपरिन्टेन्डेन्ट डा. बद्री रिजालले दुरविन प्रविधिबाट मेरुदण्डको गरिने शल्यक्रियाको सवै तयारी पुरा भइरहेको जानकारी दिनुभयो।

शल्यक्रियाका लागि सेन्टरमा उपकरण आइसकेको छ । सेन्टरमा यसअघि नशा च्यापिएकोलाई माइक्रोस्कोपिक सर्जरी हुने गर्दथ्यो । उनले चीनमा सेन्टरका तीन जना चिकित्सकलाई तालिममा पठाएर यहि महिनाभित्र नै सेवा संचालन गर्ने बताउनु भयो।

डा. रिजालका अनुसार दुरविनबाट सानो प्वाल पारेर मेरुदण्डमा नशा च्यापिएको शल्यक्रिया गरिन्छ । “मेरुदण्डमा नशा च्यापिएको हुन्छ र चोटपटकले गर्दा पनि नशा च्यापिएको हुन्छ । दुरविनबाट शल्यक्रिया गर्दा रगत स्राव कम हुने, ठूलो घाउ नहुने र अस्पतालको बसाई पनि विरामीको कम हुन्छ ।

डा. रिजालले इन्डोस्कोपिक स्पाइन सर्जरी महगो भएपनि विरामीलाई सरकारले उपलब्ध गराएको एक लाख रुपियामा गर्ने बताए ।

सेन्टरका बरिष्ठ हाडजोर्नी शल्य रोग विशेषज्ञ डा. राजेश चौधरीले स्पाइन सर्जरी जटिल भएकोले समयमा नै विरामीले उपचार गर्न सके निको हुने बताउनु भयो । “विरामीहरु मेरुदण्ड दुख्यो भने इन्जेक्सन लगाएर केही समय सन्चो हुने चलन विरामीलाई छ । यसले केही बेर सन्चो भएको महसुस गरेपनि दिर्घकालिन उपचार यो होइन” डा. चौधरीले भने, “ मेरुदण्डको नशा च्यापिएरको दिर्घकालिन समस्या समाधान शल्यक्रिया नै हो ।”

यस्तै सेन्टरले घुँडा र हिपको जोर्नीको प्रत्यारोपण पनि गर्दै आइरहेको छ । घुँडा खिइएको, उमेर पुगेपछि घुँडाले काम नगर्ने, घुँडा विग्रेको घुँडाको नशा च्यातिएको जस्ता घुँडाका समस्याको पनि प्रत्यारोपण हुँदै आएको सेन्टरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रिजालले जानकारी दिए । उनले हप्तामा १० देखि १५ वटा प्रत्यारोपण अस्पतालमा हुँदै आएको छ ।

“जोर्नी खिइएर मानिसलाई हिड्न नसक्ने बनाउछ” । जोर्नी खिइएर जोर्नीको आकार विग्रेर हिड्न नै समस्या हुने गर्दछ । चोटपटक गर्दा जोर्नी विग्रेपछि जोर्नी फेर्नुपर्ने अवस्था हुने गर्दछ,” उनले भने,“ति सवैको शल्यक्रियामार्फत उपचार गरिन्छ ।”

खेल खेल्दा घुडाको नशा च्यातिने र ढाडमा चोट लागेर पनि नशा च्यापिने गर्दछ । यसैगरी सेन्टरमा न्यूरो सर्जरी टाउको लागेको चोट पटक लागेको, हाडजोर्नी र मासुमा हुने ट्युमरको पनि सेन्टरमा शल्यक्रिया गरेर उपचार हुने गर्दछ ।

उपचारपछि ट्रमाका विरामीलाई पुनः स्थापनामा समस्या

अस्पताललाई उपचार गरेका विरामीलाई स्थानान्तरण गर्ने ठाउँको अभावले अस्पतालमा नै राख्नुपर्ने वाध्यता रहेको छ । उपचारपछि फिजियोथेरापीका लागि स्थानान्तरण गर्न सके अरु विरामीको उपचारको सेवा अस्पतालले दिन सक्ने थियो ।

“उपचारपछि विरामीका अयन्त्र सार्न नपाएको हुनाले ति विरामीको बसाई अहिले औसतमा नौ दिन भइरहेको छ,” उनले भने, “यदि पुनस्थापना केन्द्र भइदिएको भए हामी यहाँ विरामीको औसत बसाई तीनदेखि चारदिन मात्र हुने थियो । धेरै दिन विरामीलाई अस्पतालमा राख्दा अन्य विरामीले अस्पतालबाट सेवा पाएका छैनन् ।”
हाडजोर्नी चोटपटक लागेका विरामीलाई तीन चारदिनको अस्पतालमा उपचार गरेपछि पुनः स्थापना केन्द्रमा राखेर उपचार गर्न सकिन्छ । सेन्टरले ललितपुरको गोदावरीमा जग्गा प्राप्तिको प्रक्रियामा रहेको छ ।

डा. रिजालले यहि बर्षदेखि भाडामा लिएर भएपनि संचालन गर्ने तयारी गरिएकोे बताए । सेन्टरमा एमआरआई सेवा पनि यसै बर्षदेखि संचालन गर्ने तयारी रहेको उनले बताए । अस्तपालमा सघन उपचार कक्ष (आइसियु) ११, हाईडिपेडेन्सी युनिट ८ र मोडुलेटर शल्यक्रिया कक्ष पाँच वटा अस्पतालमा संचालन भइरहेका छन् ।

अस्पतालमा दैनिक पाँच यस विरामीका उपचार गर्न आउँदछन् । आर्थिक बर्ष २०८१/०८२ मा एक लाख १४ हजार ८०० विरामीको सेन्टरमा उपचार गरिएको थियो । तीमध्ये सात हजार ८१७ जनाको शल्यक्रिया गरिएको छ।

Tags: Dr. Badri RijalNational Trama center
Nisarga hospital Dhangadhi
Previous Post

बालबालिकालाई स्वर्णभस्म खुवाउने सरकारी अभियानमा बाल रोग विशेषज्ञ समाजको असहमति

Next Post

वीरगञ्जमा ९३ जनामा हैजा पुष्टि, २७ जनाको आइसियुमा उपचार हुँदै

Related articles

Bhaktapur hospital best hospital award
News

बागमती प्रदेशका अस्पताल मध्ये भक्तपुर अस्पताल उत्कृष्ट #BhaktapurHospital

21 hours ago
792
Dr Keshar Bahadur Dhakal
News

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. केशर ढकाल नियुक्त #DoHS

4 days ago
789
Nepal Medical Council News
News

मेडिकल काउन्सिल उपाध्यक्षमा मुटुरोग विशेषज्ञ डा. कुन्जाङ शेर्पाको उम्मेदवारी #NMC

5 days ago
831
dr-jaggatnath-tiwari
News

डा. तिवारी लुम्बिनी प्रदेशमै उत्कृष्ट मेडिकल सुपरिटेन्डेन्ट

1 week ago
791
नेपाल न्युरोसर्जन समाजको अन्तर्राष्ट्रिय सम्मेलन भोलि देखि शुरु हुँदै
News

नेपाल न्युरोसर्जन समाजको अन्तर्राष्ट्रिय सम्मेलन भोलि देखि शुरु हुँदै

1 week ago
809
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टंक बाराकोटी नियुक्त
News

अतिरिक्त स्वास्थ्य सचिव डा. टंकप्रसाद बाराकोटीको राजीनामा स्वीकृत

1 week ago
796
Next Post
वीरगञ्जमा ९३ जनामा हैजा पुष्टि, २७ जनाको आइसियुमा उपचार हुँदै

वीरगञ्जमा ९३ जनामा हैजा पुष्टि, २७ जनाको आइसियुमा उपचार हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (128)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,300)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.