Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र ३
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

राष्ट्रिय ट्रमा सेन्टरमा अत्याधुनिक ‘अप्रेशन थिएटर’

Nam Raj Bhatta by Nam Raj Bhatta
July 29, 2024
in News
Reading Time: 1 min read
A A
0
राष्ट्रिय ट्रमा सेन्टरमा अत्याधुनिक ‘अप्रेशन थिएटर’
589
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १४ साउन २०८१

चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत रहेको राष्ट्रिय ट्रमा सेन्टरमा ५ वटा अत्याधुनिक मोडुळर अप्रेशन थिएटर संचालनमा आएका छन्।

म्याक्सिम इन्कर्पोरेसन टेडर्स प्रालीले निर्माण ठेक्का पाएर निर्माण सम्पन्न भएका अत्याधुनिक मोडुलर अप्रेशन थिएटरको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले उद्घाटन गरेका हुन् ।

दक्षता शुद्दता र सुरक्षा जस्ता मान्यतामा निर्माण गरिएका यी मोडुलर अप्रेशन थ्रीएटर (National Accreditation Board for Hospitals & Healthcare Providers, NABH ) को मापदण्ड अनुसार निर्माण गरिएको छ। जसमा सम्पुर्ण ढोकाहरु बाहिरी बातावरण बाट हुन सक्ने जोखिम नियन्त्रण गर्ने इन्सुलेटेड ढोका त्यसैगरी ब्याक्टेरियोस्टेटिक फ्लोरहरू, लामिनार एयरफ्लोको उचित स्थिति, आधुनिक अपरेटिंग टेबलहरू, हावा फिल्टर प्रणालीहरू जस्ता अत्याधुनिक प्रबिधि समावेश गरेर मोडूलर अपरेसन थिएटर निर्माण गरिएको छ।

सेन्टरमा निर्माण गरिएको मोड्युलर अपरेशन थिएटरमा मेडिकल ग्यास पाइपलाइन प्रणाली, फ्लेक्सिबल लाइट प्यान्डन्टहरू, सर्जन प्यानलमा सही नियन्त्रणहरू, स्क्रब स्टेशनहरू र युटिलिटी प्यान्डन्टहरू पनि अत्याधुनिक प्रयोग गरिएकोछ यसले मोड्युलर अप्रेशन थिएटरले शल्यक्रियाको गुणस्तरलाई उल्लेखनीय रूपमा वृद्धि गर्न मद्दत गर्छ जसबाट बिरामीको स्नक्रमण हुने चान्स कम र बाच्ने चान्स बढी हुन् जान्छ।

ट्रमा सेन्टरमा मोडुलर ओटी निर्माण गर्दा  अपनाइएको नॊ टच प्रविधि (No-Touch Technique) ले शल्यक्रियाका क्रममा संक्रमणको जोखिमलाई कम गर्छ र स्वच्छता कायम राख्नमा योगदान पुर्याउँछ। यसका अतिरिक्त, मोड्युलर अप्रेशन थिएटरले शल्यक्रियाको संख्या बढाउनमा सहयोग पुर्याउँछ, जसले गर्दा अपरेसनको पर्खाइमा रहेका बिरामीहरूको सूची कम गर्न सम्भव बनाउँछ। यसरी यो आधुनिक प्रणालीले सम्पूर्ण शल्यक्रिया प्रक्रियाको दक्षता र प्रभावशीलता सुधार्न महत्त्वपूर्ण भूमिका खेल्ने राष्ट्रिय ट्र्मा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले बताउनुभयो ।

त्यसैगरी मोड्युलर अपरेटिंग प्रणालीहरूले संक्रमण नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्छन्, विशेष गरी इम्प्लान्ट-संबंधित सर्जरीहरूमा। लिडवेल आदिको अध्ययनले Laminar Air Flow  (LAF ) प्रणालीले सबैभन्दा कम संक्रमण दर र हावामा सबैभन्दा कम ब्याक्टेरिया-वाहक कणहरू सम्बन्धित भएको पाएकोले यो बिधि अपरेसनको लागी थप सुरक्षित मानिने डा. मरासिनीले बताए।

यहाँ निर्माण गरिएको मोडुलर ओटीमा  LAF प्रणालीको अतिरिक्त,उच्च-गुणस्तरको ग्लास प्यानल  र स्टेनलेस स्टील प्यानलहरू प्रयोग गरिएको छ। जसले न्यूनतम मर्मत खर्च बढी सुरक्षा कम संक्रमणको ग्यारेण्टी गरेको हुन्छ।

सरकारी अस्पतालहरु मध्ये पहिलो पटक ट्रमा सेन्टरले ग्लास र स्टील प्यानल सहितको अत्याधुनिक मोडूलर अप्रेसन संचालनमा ल्याएको हो।

यो मोडुलर ओटिको महत्वपूर्ण बिशेषता भनेको अपरेसन कक्षमा ब्याक्टेरिया उत्पादनलाई कम गर्नु स्वच्छ हावा प्रबाह गर्नु अत्याधुनिक शल्यक्रिया सामाग्री र बातावरणीय शल्यक्रिया कक्ष हुनु नै हो।

Tags: #government of Nepal#Health and population ministryDr.Rudra marasiniNational Trama centerPradip Paudel
SummarizeShare236ScanTweet147

Related articles

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल नियुक्त

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल नियुक्त

by Nam Raj Bhatta
August 18, 2026
0

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल नियुक्त भएका छन्। जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्य नीति र स्वास्थ्य प्रणालीमा  विशेषज्ञ पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा १३ वर्षभन्दा बढीको अनुभव हासिल गर्नुका...

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त

by Nam Raj Bhatta
August 14, 2026
0

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त भएका छन् केयूका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्राडा. बराललाई उपकुलपति नियुक्त गरेका हुन्। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको...

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता

by Nam Raj Bhatta
August 14, 2026
0

गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य जाँच, उपचार गर्ने, गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ । बिहीबार नेपाल मेडिकल कलेजमा आयोजित एक कार्यक्रममाझ गोकर्णेश्वरका प्रमुख प्रशासकीय अधिकृत...

वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital

वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital

by Nam Raj Bhatta
August 13, 2026
0

वीर अस्पतालको निर्देशकमा वरिष्ठ ग्यास्ट्रोसर्जन डा. विकास नेपाल नियुक्त भएका छन्। डा. नेपाल  अस्पतालमा ११औँ तहमा कार्यरत छन्। बिहीवार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले  डा. नेपाललाई...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    842 shares
    Share 337 Tweet 211
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    700 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    684 shares
    Share 295 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    643 shares
    Share 257 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    695 shares
    Share 309 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल नियुक्त
  • काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा. विवेक बराल नियुक्त
  • गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता
  • वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital
  • NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.