काठमाडौं, २५ मंसिर २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट लगायत अन्य शखाको पनि जिम्मेवारी हेरफेर गरेको छ।
स्वास्थ्य मन्त्रालयले राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रुद्र मरासिनीले सम्हालिरहेको उक्त जिम्मेवारी डा. बद्री रिजाललाई दिएका छन् ।
यसअघि पनि डा. रिजालले उक्त जिम्मेवारी दुईपटक सम्हालिसकेका छन्। डा. मरासिनीले अब ट्रमा सेन्टरमा विशेषज्ञ चिकित्सकका रुपमा कार्य गर्नेछन्।
त्यसैगरी टेकु अस्पतालमा रहेकी रोशनी लक्ष्मी तुईतुईलाई वीर अस्पताल नर्सिङ क्याम्पस प्रमुख बनाइएको छ। व्यवस्थापन महाशाखाका सुरेन्द्र चौरासियाको पनि जिम्मेवारी हेरफेर भएको छ।
चौरासियालाई हटाउँदै विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति व्यवस्थापन शाखा (खरिद इकाई)को प्रमुखको जिम्मेवारी दयाकृष्ण पन्तलाई दिइएको छ। पन्त स्वास्थ्य मन्त्रालयमा नै कार्यरत थिए।
यस्तै, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको नर्सिङ प्रमुखबाट बन्दना थापालाई हटाउँदै मन्त्री पौडेलले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत रोशनी देवी तुइतुईलाई नर्सिङ प्रमुखको जिम्मेवारी दिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।