काठमाडौं, २४ माघ २०८१
नेपालमै पहिलोपटक मंकीपक्सको जिन सिक्वेन्सिङ परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमै सम्भव भएको छ।
यसअघि यस्तो परीक्षणका लागि नमुना देशबाहिर पठाउनुपर्ने बाध्यता रहेकोमा आगामी दिन उक्त बाध्यताको अन्त्य भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रन्जनराज भट्टले बताउनु भयो।
परीक्षण पश्चात् विदेशको प्रयोगशालाको नतिजाासँग ट्याली गरिएकोमा नतिजा शत प्रतिशत नै मिल्न आएकोले उक्त परीक्षण सफल भएको डा. भट्टको दाबी छ। यो रुटिन टेष्ट अन्तर्गत नपर्ने भएकोले आम मानिसले गर्दा कति खर्च लाग्छ भन्ने यकिन नभएको डा. भट्टले बताए ।
डा. भट्टका अनुसार केही दिन अगाडि मात्रै भएको मंकीपक्स परीक्षण पीसीआर विधिबाट भएको थियो, त्यतिबेला एमपक्सको क्लेड (भाइरसको भेरियन्ट) पहिचान गर्नका लागि थाइल्यान्ड पठाइएको अब उक्त पहिचान नेपालमा नै गर्न सकिने भएको हो।
नेपालमा पत्ता लागेको एमपक्स क्लेड २ ‘बी’ हो। यो १ ‘ए’ को तुलनामा कम आक्रामक हुने डा. भट्ट बताउँछन्। ‘क्लेड १ ए अफ्रिकाका बढी पाइएको छ, छिमेकी मुलुक भारतमा दुवै प्रकारको देखिएपनि नेपालमा २ बी मात्रै देखिएको छ ।