आज मिति : २०८२ पुष ३०
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

नेशनल प्याथ ल्याबको १२औं शाखा लगनखेलमा

Nam Raj Bhatta by Nam Raj Bhatta
January 24, 2025
in News
A A
0
नेशनल प्याथ ल्याबको १२औं शाखा लगनखेलमा
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

ललितपुर, ११ माघ २०८१

नेशनल प्याथ ल्याब (एनपीएल)ले ललितपुरको लगनखेलमा १२ औं नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

शुक्रबार नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुसालले एनपीएलको नयाँ शाखाको औपचारिक उद्घाटन गरेका हुन्। लगनखेलमा शुरु भएको एनपीएलको शाखा ‘साइटोजेनेटिक्स, जेनेटिक र मोलिक्युलर प्याथोलोजी’ हो।

नयाँ शाखा लगनखेलस्थित कर्मचारी संचय कोष भवनमा रहेको छ। प्रयोगशालामा ‘सामान्य जाँचदेखि विशेष प्रकारका जाँचहरु’ अत्याधुनिक उपकरण र दक्ष प्राविधिक जनशक्तिकाबाट उपलब्ध गराइने एनपीएलका प्रबन्ध निर्देशक पवन जोशीले जानकारी दिनुभयो।

ललितपुर शाखा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा मोलिक्युलर, जेनेटिक्स र साइटोजेनेटिक्स सम्बन्धी परीक्षण गर्ने प्रयोगशालामा सूचीकृत रहेको छ।

‘यो शाखामार्फत नेपालमा पहिलो पटक एकै छानामुनि नेक्स्ट—जेनेरेशन सिक्वेन्सिङ (एनजीएस), साइटोजेनिटिक्स र फिस तथा नवजात शिशु परीक्षणजस्ता सुपरस्पेशियालिटी परीक्षण हुनेछन् । नेक्स्ट–जेनेरेशन सिक्वेन्सिङ (एनजीएस) प्रविधि जटिल जेनेटिक परीक्षणका लागि प्रयोग गरिन्छ। यसले रोग पहिचान, क्यान्सर प्रगतिका चरणहरू र अनुवांशिक रोगहरूको निदान र उपचारमा महत्त्वपूर्ण योगदान पुर्याउने जोशीले बताए ।

प्रबन्ध निर्देशक जोशीले प्रयोगशाला देशकै अनुवांशिक अनुसन्धान स्रोत केन्द्रका रुपमा विकास हुने विश्वास व्यक्त गरे। उनले जेनेटिक सम्बन्धि राष्ट्रियस्तरमा विभिन्न अनुसन्धान गर्न नेपाल सरकारसँग सार्वजनिक निजी साझेदारी गर्न तयार रहेको बताए।

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. चोपलाल भुषालले नेपालमा यतिको प्रविधियुक्त गुणस्तरीय प्रयोगशाला हुनु सारा नेपालीहरुको लागि गर्वको विषय भएको र यसबाट धेरैभन्दा धेरै लाभ लिनको लागि सम्पूर्ण सरोकारवालाहरुलाई आग्रह गरे।

नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले प्रयोगशाला परीक्षण नेपाल बाहिर पठाउँदा अनेक किसिमका समस्या नमुनाको गुणस्तर सुनिश्चितता, चिकित्सक र प्रयोगशालाको समन्वय नहुने भएकोले बिरामीको निदान तथा उपचारमा समस्या हुने र अब नेपालमै यस्ता विशिष्टीकृत परिक्षणहरु उपलब्ध भएको हुँदा धेरै सजिलो हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले स्वदेशमै विशिष्टीकृत परिक्षण सेवाहरु प्रदान गरिरहेका निजि प्रयोगशालाहरुसँग सार्वजनिक निजी साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गरे।

वरिष्ठ स्त्री तथा प्रसूति रोग बिशेसज्ञ डा. भोला रिजालले ऐलेको आवश्येकता बुझेर ठूलो जोखिम मोली यो स्तरको प्रयोगशाला संचालन गरेकोमा नेशनल प्याथ ल्याबलाई बधाई तथा शुभकामना दिए।

Tags: National path Lab KathmanduPawan Joshi
Previous Post

प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले बिदामा पनि उपचार सेवा दिँदै

Next Post

नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा पनि

Related articles

राष्ट्रिय एचआइभी कार्यक्रमको वार्षिक समीक्षा गोष्ठिमा सात जना पुरुस्कृत
News

राष्ट्रिय एचआइभी कार्यक्रमको वार्षिक समीक्षा गोष्ठिमा सात जना पुरुस्कृत

1 day ago
1.6k
नेपाल चिकित्सक संघ जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव
News

नेपाल चिकित्सक संघ जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव

3 days ago
1.8k
पर्वतको प्रदेश अस्पतालको निशुल्क आँखा शिविरबाट ५७४ जना लाभान्वित
News

पर्वतको प्रदेश अस्पतालको निशुल्क आँखा शिविरबाट ५७४ जना लाभान्वित

5 days ago
1.6k
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त
News

नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त

5 days ago
1.6k
उच्च अदालतले नेपाल औषधि उत्पादक संघ र नेपाल औषधि आयातकर्ता संघ पक्षमा फैसला
News

उच्च अदालतले नेपाल औषधि उत्पादक संघ र नेपाल औषधि आयातकर्ता संघ पक्षमा फैसला

5 days ago
1.6k
स्वास्थ्य बीमा सुधारका सम्बन्धमा राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न
News

स्वास्थ्य बीमा सुधारका सम्बन्धमा राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न

5 days ago
1.6k
Next Post
नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा पनि

नेपाल क्यान्सर अस्पतालको सेवा अब धनगढीमा पनि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (130)
  • Disease (106)
  • English (49)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,398)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In