चितवन, ९ जेठ, २०८२
चितवनको भरतपुरमा राष्ट्रिय चिकित्सक संघ नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आज देखि शुरु भएको छ ।
काठमाडौँमा पत्रकार सम्मेलन गरी जेष्ठ ९ र १० गते चितवनमा सुरु हुने कार्यक्रमको तयारी पुरा भएको जानकारी गराएको हो।
राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा. जागेश्वर गौतमले चितवनमा हुने दुई दिने सम्मेलनले संघमा नयाँ नेतृत्व चयन हुने बताए।
चिकित्सकहरुको पेशागत हकहित र अधिकारका लागि संघ सधै क्रियाशिल रहेको भन्दै अध्यक्ष डा. गौतमले संगठनले पछिल्लो समय चिकित्सकहरुलाई स्वदेशमा बस्ने बातावरण बनाउन राज्यलाई दवाव दिने काम गरिरहेको बताए।
कार्यक्रममा राष्ट्रिय चिकित्सक संघका सल्लाहकार डा. कृष्ण अधिकारीले श्रम ऐन अनुसार चिकित्सकहरुले सुविधा पाउन नसकेको भन्दै त्यसका लागि राज्यलाई दवाव दिने काम संघले गरेको बताए।