चितवन, १० जेठ २०८२
राष्ट्रिय चिकित्सक संघ नेपालको अध्यक्ष पदमा प्राडा. विकास गौचन निर्वाचित भएका छ्न। यस्तै संघको महासचिवमा डा सम्राट पराजुली भएका छन्।
चितवनमा आज सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट प्राडा गौचनको नेतृत्वमा ४१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
चिकित्सकहरुको पेशागत हकहित र अधिकारका लागि संघ सधै क्रियाशिल रहेको भन्दै संघका अध्यक्ष डा. जागेश्वर गौतमले संगठनले पछिल्लो समय चिकित्सकहरुलाई स्वदेशमा बस्ने बातावरण बनाउन राज्यलाई दवाव दिने काम गरिरहेको बताए।
यसअघि राष्ट्रिय चिकित्सक संघको अध्यक्षमा डा. जागेश्वर गौतम थिए।