काठमाडौं, १० चैत २०८०
सरकारले तीन ठूला स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच एक आपसमा छुट्टाछुट्टै सम्झौता भएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बीच एक आपसमा द्विपक्षीय सम्झौता भएको हो।
प्रतिष्ठानका सहकुलपति समेत स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको उपस्थितिमा न्याम्सले बीपी र कर्णाली प्रतिष्ठान, बीपीले कर्णाली र न्याम्ससँग, कर्णालीले बीपी र न्याम्ससँग छुट्टाछुट्टै सम्झौता गरेको हो।
न्याम्सका उपकुलपति प्रा.डा. भुपेन्द्र बस्नेतले एक आपसमा सहयोग र सहकार्य गर्ने गरी सम्झौता भएको बताउनुभयो ।
प्राडा. बस्नेतका अनुसार सम्झौतामा विद्यार्थी र फ्याकल्टी एक्सचेन्ज लगायतका विषयहरु रहेका छन्।
सम्झौतामा न्याम्सका उपकुलपति प्राडा. बस्नेत, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. ज्ञानेन्द्र गिरी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले हस्ताक्षर गरेका छन्।
कर्णालीका उपकुलपति डा. रावलले यो सम्झौतासँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक गतिविधिसँगै अनुसन्धान लगायतका विषयलाई थप उचाइमा पुर्याउने बताउनु भयो। यो सम्झौताले तीन वटै प्रतिष्ठानको विकास र विस्तारसँगै दुर्गमका नागरिकको स्वास्थ्य सुधारमा सहयोग हुने डा. बस्नेतले बताए।