Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार ३०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

न्याम्सअन्तर्गत शिक्षक दरबन्दी थप्ने निर्णय (कहाँ कति?)

Nam Raj Bhatta by Nam Raj Bhatta
October 6, 2024
in News
Reading Time: 1 min read
A A
0
न्याम्सअन्तर्गत शिक्षक दरबन्दी थप्ने निर्णय (कहाँ कति?)
585
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २० असोज २०८१

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठान अन्तर्गतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्र्याजुएट चिकित्सक तथा नर्स अध्यापनका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत गरेको छ ।

न्याम्सको सिनेट बैढकले पोस्ट ग्रयाजुएट चिकित्सक तथा नर्स अध्यापनका लागि विद्यार्थी सिट बढाउनका लागि त्यही अनुसारको आवश्यक फ्याकल्टी (शिक्षक) दरबन्दी स्वीकृत गरेको छ।

प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आइतबार बसेको ३१ औं सिनेट बैठकले यस्तो निर्णय गरेको हो। पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा दक्ष चिकित्सक अभाव कम गर्न सरकारी मेडिकल कलेजहरुमा पोस्ट ग्रयाजुएट विद्यार्थीको कोटा थप्न पहल गर्ने निर्णय गरेका थिए।

बैठकमा मन्त्री पौडेलले देशमा दक्ष चिकित्सक अभाव कम गर्नका लागि यस निर्णय ऐतिहासिक हुने विश्वास व्यक्त गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि प्रतिष्ठानलाई निर्देशन दिनुभयो। Dr. Roshan

अब देशैभरका सरकारी चिकित्सा तथा नर्सिङ कलेजमा ४ सय सम्म पोष्ट ग्रयाजुएट विद्यार्थीलाई थप अध्ययन गराउन सकिने प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. भुपेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो।

डा. बस्नेतका अनुसार सरकारी कलेजमा पोस्ट ग्रयाजुएट विद्यार्थीको अध्ययन कोटा कम भएको अवस्थामा यो निर्णयले ठूलो संख्यामा विद्यार्थी थप गराउन सघाउनेछ र यसका साथै सरकारलाई धेरै संख्यामा गाउँमा विज्ञ चिकित्सक पठाउने पनि यसले मद्दत गर्छ।Bir dean rajistar

उपकुलपति डा. बस्नेतले न्याम्स अन्तर्गत देशका विभिन्न अस्पतालमा पिजी र नर्सिङ कार्यक्रम विस्तार हुँदा ती अस्पतालहरुमा विज्ञ जनशक्तिसहित गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुँदै स्वास्थ्य क्षेत्र सुधारमा पनि यो निर्णयले ठूलो योगदान गर्ने बताए। ‘नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि गरिएको यो एउटा निकै नै महत्वपूर्ण निर्णय हो,’ उनले भने, ‘यसले स्वास्थ्य क्षेत्रमा सुधारकव कायापलट नै गर्ने छ।’

सिनेट बैठकले पिजी तर्फ एमडी एमएसका लागि वीर अस्पतालसहित काठमाडौं उपत्यकामा निजामती कर्मचारी अस्पताल, अर्थोपेडिक्स अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल र काठमाडौं बाहिर मेची आँखा अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, भेरी अस्पताल र गेटा आँखा अस्पतालमा अध्यापन सुरु हुने  डा. बस्नेतले बताए ।

यस्तैगरी नर्सिङ तर्फ स्नातक र स्नातकोत्तर तहमा कान्ति बाल अस्पताल, परोपकार अस्पताल, निजामती अस्पताल, अर्थोपेडिक र सशस्त्र प्रहरी अस्पतालमा अध्यापन हुनेछ।

अहिले प्रतिष्ठानमार्फत शैक्षिक आवद्धता लिएका सरकारी मेडिकल तथा नर्सिङ कलेजहरुमा एक सय १२ जना विद्यार्थी वार्षिक रुपमा पोस्ट ग्रयाजुएट अध्ययन गरिरहेका छन्। शिक्षक अभावमा दक्ष चिकित्सा जनशक्ति अभाव भए पनि विद्यार्थी थप गर्न नसकिएको अवस्थामा यो निर्णयले सहायता पुग्ने विश्वास गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

बैठकले प्रतिष्ठानले एमबीबीएस अध्ययन थाल्ने समेत निर्णय गरेको छ। प्रतिष्ठान अन्तर्गत रहेका वीर अस्पताल, ट्रमा सेन्टर तथा नर्सिंग क्याम्पसलाई अब एमबीबीएस अध्ययन थाल्नसमेत यस निर्णयले बाटो खुला भएको उपकुलपति डा. बस्नेतले जानकारी दिए।Group

डा. बस्नेतका अनुसार विद्यार्थी सिट थप्नका लागि वीरमा ६३ जना, निजामतीमा ५९, सशस्त्रमा २८, भेरीमा २८, कोशीमा २८ भन्दा बढी र नारायणीमा पनि २८ जना भन्दा बढी फ्याकल्टी थप गर्ने निर्णय भएको छ। यस्तै नर्सिङमा पनि १२५ जना भन्दा बढी फ्याकल्टी थप गर्ने गरी दरबन्दीको निर्णय भएको छ।

Tags: #government of Nepal#Health and population ministryBir HospitalDr. Bhupendra Kumar basnetPradip Paudel
SummarizeShare234ScanTweet146

Related articles

बर्ड फ्लु लक्षित २४ सै घण्टा हटलाइन तथा टेलिपरामर्श सेवा पुनः सञ्चालन

बर्ड फ्लु लक्षित २४ सै घण्टा हटलाइन तथा टेलिपरामर्श सेवा पुनः सञ्चालन

by Nam Raj Bhatta
July 13, 2026
0

नेपालमा पछिल्लो समय काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा बर्ड फ्लु (Highly Pathogenic Avian Influenza–H5N1) को संक्रमण पुष्टि भएपछि पशु स्वास्थ्य, जनस्वास्थ्य तथा पोल्ट्री उद्योगको सुरक्षालाई मध्यनजर गर्दै नेपाल...

काठमाडौं क्यान्सर सेन्टरले भित्र्यायो नेपालमा पहिलो पटक ‘कार टी सेल’ थेरापी

काठमाडौं क्यान्सर सेन्टरले भित्र्यायो नेपालमा पहिलो पटक ‘कार टी सेल’ थेरापी

by Nam Raj Bhatta
July 12, 2026
0

भक्तपुरको ताथलीमा रहेको काठमाडौं क्यान्सर सेन्टरले नेपालमा पहिलो पटक 'कार टी सेल' थेरापी सुरु गरेको छ। शनिबार आयोजित पत्रकार सम्मेलन मार्फत सेन्टरले क्यान्सर उपचारका लागि अत्याधुनिक सेवा प्रारम्भ...

निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टर डा. अन्सारी SSN च्याप्टरको अध्यक्षमा सर्वसम्मत निर्वाचित

निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टर डा. अन्सारी SSN च्याप्टरको अध्यक्षमा सर्वसम्मत निर्वाचित

by Nam Raj Bhatta
July 12, 2026
0

निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर एवं वरिष्ठ जनरल सर्जन डा. मेराज आलम अन्सारी ‘सोसाइटी अफ सर्जन्स अफ नेपाल (SSN)’ को सुदूरपश्चिम च्याप्टरको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित...

क्वेष्ट फर्मास्यूटिकल्स प्रालिले मनायो रजत जयन्ती

क्वेष्ट फर्मास्यूटिकल्स प्रालिले मनायो रजत जयन्ती

by Nam Raj Bhatta
July 11, 2026
0

क्विष्ट फर्मास्यूटिकल्सले आफ्नो स्थापना कालको २५ वर्ष पूरा गर्दै रजत जयन्ती भव्यताका साथ मनाएको छ।  औषधि उद्योगलाई आत्मनिर्भर, प्रतिस्पर्धी र निर्यातमुखी बनाउन स्पष्ट सरकारी नीति, उद्योगमैत्री वातावरण तथा...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    829 shares
    Share 332 Tweet 207
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    693 shares
    Share 277 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    637 shares
    Share 255 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    689 shares
    Share 307 Tweet 159
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    671 shares
    Share 289 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बर्ड फ्लु लक्षित २४ सै घण्टा हटलाइन तथा टेलिपरामर्श सेवा पुनः सञ्चालन
  • काठमाडौं क्यान्सर सेन्टरले भित्र्यायो नेपालमा पहिलो पटक ‘कार टी सेल’ थेरापी
  • निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टर डा. अन्सारी SSN च्याप्टरको अध्यक्षमा सर्वसम्मत निर्वाचित
  • क्वेष्ट फर्मास्यूटिकल्स प्रालिले मनायो रजत जयन्ती
  • नबिल बैंकको आर्थिक सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पतालको प्राविधिक सहकार्यमा जलेका बिरामीलाई निःशुल्क उपचार

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.