Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन २२
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सुदुरपश्चिममै पहिलोपटक निजि अस्पताल नवजीवनमा डाईलासिस शुरु

Nam Raj Bhatta by Nam Raj Bhatta
March 1, 2024
in News
Reading Time: 1 min read
A A
0
सुदुरपश्चिममै पहिलोपटक निजि अस्पताल नवजीवनमा डाईलासिस शुरु
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

कैलाली, १७ फागुन २०८०

सुदुरपश्चिम प्रदेशमै पहिलो पटक धनगढीमा रहेको नवजीवन अस्पतालले निःशुल्क हेमो डाईलासिस सेवा सुरु गरेको छ ।

बिहीबार आयोजित पत्रकार भेटघाटमा अस्पतालले हेमो निःशुल्क डाईलासिस सेवा सुरु गरेको अस्पतालले जानकारी दिनुभयो ।

अस्पतालका मेडिकल निर्देशक डा. विदूरमणी ढकालका अनुसार काठमाडौंस्थित मार्क इन्टरनेशनल किड्नी सेन्टरसँगको सहकार्यमा निःशुल्क डाईलासिस सेवा आरम्भ गरिएको छ । नवजीवन अस्पतालमा सो सेवा सञ्चालन गर्न मार्क इन्टरनेशनल किड्नी सेन्टरको शाखा सुदूरपश्चिम इन्टरनेशनल डाईलासिस सेन्टरको सहकार्य रहेको छ ।Nabjeebal doalyasis

निःशुल्क डाईलासिस सेवा विपन्न परिवारका सेवाग्राहीका लागि प्रदान गर्ने व्यवस्था मिलाइएको छ । मेडिकल निर्देशक डा. ढकालका अनुसार विपन्न परिवारका व्यक्तिले निःशुल्क डाईलासिस सेवा प्राप्त गर्न अस्पतालमा नागरिकताको प्रमाणपत्र पेस गर्नुपर्ने र अस्पतालले आवश्यक कागजपत्रसहित सम्बन्धित वडा कार्यालयमा पठाउने व्यवस्था गरेको छ । नवजीवन अस्पतालमा हाल १८ जनाले नियमित डाईलासिस सेवा लिइरहेका छन् ।

डाईलासिस युनिट अन्जना तन्डुकार श्रेष्ठका अनुसार अस्पतालमा ६ वटा डाईलासिस मेसिन सञ्चालनमा रहेका छन् । उनले भनिन्– यसमध्ये ५ वटा नियमित सेवाका लागि प्रयोग गरिएको छ भने एउटा आइसियु र इमरजेन्सी सेवामा उपयोग गरिएको छ ।

डाईलासिसका लागि एक जना मेडिकल अफिसर डा. मृगेन्द्रकुमार यादवले नियमित सेवा प्रदान गरिरहेका छन् ।

त्यस्तैगरी मार्क इन्टरनेशनल किड्नी सेन्टरका अध्यक्ष डा. अर्चन सम्सेर राणाले कन्सलटेन्सी सेवा प्रदान गरिरहेका छन् । डा. राणाको पहलमा लाइलासिस शुरु भएको अस्पतालका मेडिकल निर्देशक डा. ढकालले बताउनु भयो।

अस्पतालले हरेक महिनाको तेस्रो शुक्रबार विशेषज्ञ चिकित्सकबाट मृर्गौला रोगसम्बन्धी स्वास्थ्य चेकअप र उपचार सेवा प्रदान गरेको छ ।

नवजीवन अस्पतालले डाईलासिस सेवा आवश्यक भएका सुरुका सेवाग्राहीलाई ६ हजार ५ सय रुपैयाँमा सेवा प्रदान गरिरहेको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत चक्रबहादुर खडायतका अनुसार डाईलासिसका नियमित सेवाग्राहीले ४ हजार ५ सय र आइसियुमा राखेर उपाचार गर्नुपर्ने सेवाग्राहीले १० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

२०६२ साल फागुन १७ गते १५ सैयाबाट स्वीकृत पाएपछि सञ्चालन भएको निजी क्षेत्रको नवजीवन अस्पतालले हाल हाडजोर्नी, बालरोग, मानसिक तथा स्नायुरोग, किटिकल सेवा, छाला, एलर्जी, यौनरोग तथा सोन्दर्य, नाक, कान र घाँटी, न्युरो, दन्तरोग, डाईलासिस, मुटुरोग, फिस्टुला, प्रसुती सेवा, ल्याप्रोस्कोपी, पेट र छाती, स्पाइन तथा फिजियोथेरापी लगायतका सेवा सञ्चालन गर्दै आएको छ ।

अस्पतालका अध्यक्ष यज्ञराज ढुंगानाले यो अस्पताल नेपाल सरकारद्वारा सञ्चालित आमा सुरक्षा कार्यक्रम, निःशुल्क खोप कार्यक्रम र निःशुल्क क्षयरोगसम्बन्धी औषधी वितरण सेवा समेत सञ्चालन गर्दै आएको जानकारी दिए । उनले भने– यो निजी क्षेत्रको अस्पताल भए पनि सामाजिक उत्तरदायित्व अनुरुप नेपाल सरकारसँगको सहकार्य तथा आफ्नै पहलमा स्थापनाकालदेखि नै नियमित रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । सो अस्पतालले २०६८ सालदेखि ५० वेडको स्वीकृति पाएको र २०७९ साल असोजबाट १ सय वेडमा स्तरोन्नती गरेको छ ।

अस्पतालले आफ्नो १८औँ बार्षिकोत्सव अवसरमा विभिन्न कार्यक्रम गरी मनाएको छ । बिहिबार अस्पतालको प्राङ्गणमा रक्तदानका साथै बिरामीलाई फलफूल वितरण गरी आफ्नो १८ औँ बार्षिक उत्सब मनाएको छ।

Tags: Dr. Archan shamser RanaHemodialysisNavajeevan Hospital Pvt ltd Dhangadhi kailali
SummarizeShare234ScanTweet147

Related articles

डा. प्रदीप मिश्रले काङ्ग्रेस महाधिवेशनमा पेसागत विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा

डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

by Nam Raj Bhatta
October 7, 2026
0

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन्। स्वास्थ्य क्षेत्रमा लामो समयदेखि सक्रिय...

नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा

नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा

by Nam Raj Bhatta
October 7, 2026
0

नेपाल चिकित्सक संघका तीन चिकित्सक पूर्वअध्यक्ष नेपाली कांग्रेसको केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसी, डा. अञ्जनी कुमार झा र डा. मुक्तिराम श्रेष्ठ कांग्रेसको १५औँ...

मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त

मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त

by Nam Raj Bhatta
October 7, 2026
0

मौलाकालिका अस्पताल.लि. भरतपुर–११, बाइपास रोडको प्रबन्ध निर्देशकमा डा. रमेश घिमिरे नियुक्त भएका छन् । अस्पतालको नयाँ सञ्चालक समितिले डा. घिमिरेलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको हो । रेडियोलोजिस्टका रूपमा...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा सञ्चालनमा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा सञ्चालनमा

by Nam Raj Bhatta
October 6, 2026
0

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा रक्तसञ्चार सेवा (ब्लड ट्रान्सफ्युजन सर्भिस) सञ्चालनमा आएको छ। उक्त सेवा सञ्चालनमा आएसँगै आकस्मिक उपचार, शल्यक्रिया, प्रसूति, चोटपटक तथा अन्य जटिल अवस्थाका बिरामीलाई आवश्यक...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    884 shares
    Share 354 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    709 shares
    Share 284 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    702 shares
    Share 302 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    702 shares
    Share 312 Tweet 163
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    650 shares
    Share 260 Tweet 163

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
  • नेपाल चिकित्सक संघका ३ पूर्वअध्यक्ष कांग्रेस केन्द्रीय सदस्यका लागि प्रतिस्पर्धामा
  • मौलाकालिका अस्पतालको प्रबन्ध निर्देशकमा पुन: डा. रमेश घिमिरे नियुक्त
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तसञ्चार सेवा सञ्चालनमा
  • स्वास्थ्य बीमा कार्यक्रममा अगामी पुस देखि आवद्ध हुन् राष्ट्रिय परिचय पत्र अनिवार्य

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.