काठमाडौं , १५ श्रावण
मिति २०७७/४/१२ सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनस्वास्थ्यमन्त्रि श्री भानुभक्त ढकालको सिफारिशमा दोलखा जिल्ला निबासी डा. मोहन कृष्ण श्रेष्ठलाई नेपाल स्वास्थ्य ब्याबसायी परिषद्को रिक्त अध्यक्षमा नियुक्ति गरेको थियो । हाल डा. श्रेष्ठ राष्ट्रिय जनस्वास्थ्य कर्मी संघका केन्द्रिय अध्यक्ष हुन ।
नवनियुक्त डा. श्रेष्ठलाई आज स्वास्थ्यमन्त्रि श्री भानुभक्त ढकालबाट आफ्नो कार्यकक्षमा नियुक्तिपत्र हस्तान्तरण गर्नुभयो । सो कार्यक्रम पछि डा. श्रेष्ठ परिषदको कार्यालय बाँसबारी पुगी आफ्नो पदबहाली ग्रहण गरेका छ्न ।
सो अबसरमा बुल्नु हुदै अध्यक्ष डा. श्रेष्ठले भन्नुभयो कि अहिलेको वर्तमान समितिले परिषदमा धेरै समस्या रहेको र त्यसलाई व्यवस्थित बनाएर लैजाने योजना रहेको जानकारी दिनुभयो । हाल परिषदमा १ लाख ५० हजारभन्दा बढी सदस्य रहेका छन् जुन परिषद अरु भन्दा संख्यात्मक रुपमा निकै ठुलॊ छ।
परिषदका कर्माचारीहरु लगायत विभिन्न पेशागत संगठनका प्रतिनिधिहरुले नयाँ अध्यक्षलाई स्वागत गर्नुभएको छ। डा. श्रेष्ठले आफू अध्यक्ष भएर सुधारका काम शुरूवात गर्ने र सबैभन्दा धेरै स्वास्थ्यकर्मी दर्ता हुने हुनाले सबै संग मिलेर व्यवस्थित रुपमा अगाडि बढाउने बताउनु भयो। विभिन्न कलेजहरुको मापदण्ड अनुसार चल्न प्रोत्साहन गर्दै अनुगमनलाई पनि व्यबस्थित गर्दै सुधारका कामहरु गर्दै जाने र चाडैं लाइसेन्स जांच संचालन गरि नयाँ दर्ताको लागि आउने सदस्यहरुको गुणस्तरमा बढावा दिने र पुराना सदस्यहरुलाई ज्ञान र सीपमा बृध्दि गर्न पनि कार्यक्रम संचालन गर्ने बताउनु भयो।
परिषदले आगामी दिनमा सबै प्रकारको संघ सस्था, सदस्य र पेशागत संगठनहरु संग विभिन्न बिधि प्रयोग गरि समस्याको पहिचान गरि, प्राथमिकीकरण गरि त्यसैको आधारमा छोटो , माध्यम र लामो समयको योजना बनाई कार्यन्वयनमा लैजाने, सम्पुर्ण रेकर्डहरुलाई डिजिटल गर्दै कागतरहित बनाउदै लैजाने पनि बताउनु भयो । सो अबसरमा परिषद्का रजिस्टार श्री पुष्प राज खनालले पनि आफुले देखेका समस्याहरु र सुधारका बिषयमा पनि प्रकाश पर्नु भएको थियो ।