काठमाडौं, १५ असार २०८२
पुर्व स्वास्थ्मन्त्री एवम् कांग्रेसका निलम्बित सांसद मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतले आदेश जारी गरेको छ ।
आईतबार विशेष अदालतमा बस्नेतमाथिको थुनछेक बहसपछि आदेश जारी गर्दै २५ लाख धरौटी माग हो । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमले सो आदेश जारी गरेका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा लागेका पूर्व स्वास्थ्यमन्त्री बस्ने आइतबार अदालत उपस्थित भएका थिए ।
बस्नेत सञ्चार तथा सूचना प्रविधिमन्त्री भएका बेला उनैको निर्णयबाट टेरामक्स प्रविधि खरिदको निर्णय भएको थियो ।मुद्दा दायर भएलगत्तै उनी सांसद पदबाट निलम्बित भएका