काठमाडौं, २३ मंसिर २०८०
काठमाडौंको चुच्चेपाटीमा स्थित रहेको मिराकल स्किन हेयर एण्ड एस्थेटिक क्लिनिक दोस्रो वर्षमा प्रवेश गरेको छ।
क्लनिकले संचालनमा आएको एक वर्ष पुरा भएको अवसरमा तीन दिनसम्म नि:शुल्क परीक्षण सेवा दिएको छ।
बार्षिकोत्सबको अवसरमा डिसेम्वर ६, ७ र ८ तारिख ३ दिन चलेको अफरमा करिब १५० जना ले बिभिन्न सेवा लिएको र जसमध्ये १५० जनाले नि: शुल्क स्किन एनलाईसिस गरेको, १५० जानाले नै ५० प्रतिशत छुटमा विशेषज्ञ डाक्टरसँग परामर्श लिएको ५० जनाले फ्री केमिकल पिल को सेवा लिएको तथा २५ जनाले निःशुल्क कपाल प्रत्यारोपण सम्बन्धी परामर्श लिएको मिराकल स्किन एण्ड हेयर क्लिनिकका संस्थापक तथा निर्देशक डा. मोहन भुसालले जानकारी दिए।
मिराकलमा छालाजन्य संक्रमणको उचित परामर्श एवं उपचारको लागि अन्तर्राष्ट्रियस्तरको सुविधा रहेको डा. भुसालले बताए।