Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सुर्खेतको मेहेलकुना अस्पतालमा भएको घटनाप्रति एनएमएको गम्भीर ध्यानाकर्षण

Nam Raj Bhatta by Nam Raj Bhatta
June 2, 2024
in News
Reading Time: 1 min read
A A
0
सुर्खेतको मेहेलकुना अस्पतालमा भएको घटनाप्रति एनएमएको गम्भीर ध्यानाकर्षण
600
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

सुर्खेत, २० जेठ २०८१

सुर्खेतको बिरेन्द्रनगरस्थित मेहेलकुना अस्पतालमा स्वास्थ्यकर्मीहरुमाथि भएको हातपात तथा अस्पतालमा भएको तोडफोडको विषयमा नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सर्पदंशबाट पीडित एक बालक उक्त अस्पतालबाट रिफर भई थप उपचारका लगि प्रदेश अस्पताल, सुर्खेत लाने क्रममा निधन भएको घटनामा उपचारमा असन्तुष्टी जनाउदै यही जेठ १२ गते मेहेलकुना अस्पतालका स्वास्थ्यकर्मीहरु माथि आफन्तले हातपात तथा अस्पतालमा तोडफोड गरेको घटना प्रति एनएमएको गम्भीर ध्यानाकर्षण भएको हो।

प्रेस विज्ञप्तिमा लेखिएको छ ‘सर्पदंशबाट पीडित एक बालकलाई प्राथमिक उपचार गरेर बिरामीका आफन्तलाई पछि आउन सक्ने जटिलताहरुको बारेमा जानकारी गराई थप उपचारका लागि प्रदेश अस्पताल, सुर्खेत रेफर गरिएकोमा बाटोमा लैजाँदै गर्दा उक्त बालकको मृत्यु भएको थियो। यसै विषयलाई लिएर अस्पताल जस्तो संवेदनशील क्षेत्रमा तोडफोड गर्ने तथा स्वास्थ्यकर्मीहरुमाथि हातपात गर्ने जस्ता अपराधिक कार्य गरेको घटनाको नेपाल चिकित्सक संघ घोर भत्सर्ना तथा निन्दा गर्दछ।’

संघले उपचारको क्रममा कुनै त्रुटी भएको शंका लागेमा कानूनी प्रक्रियामा जाने बाटो सबैका लगि खुलला भएको तर यस्ता धरपकडले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुग्ने भन्नै स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रलाई आतंकित पार्ने गरी घटाइएको अस्वाभाविक घटनामा संलग्न दोषीलाई कारवाहीको माग गरेको छ।

‘उपचारको क्रममा कुनै त्रुटी भएको शंका लागेमा कानूनी प्रक्रियामा जाने व्यवस्था हुँदाहुँदै स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि नै आक्रमण गर्ने कार्यले स्वास्थ्यकर्मीहरुको मनोबलमा आँच आई स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुग्ने गरेको कुरा हामी सबैलाई अवगत नै छ।’ विज्ञप्तिमा भनिएको छ।

चिकित्सक संघले भनेको छ “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ (पहिलो संशोधन), २०७९” बमोजिम कानूनी कारवाही गरी सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ।’

स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रलाई आतंकित पार्ने गरी घटाइएको अस्वाभाविक घटनामा संलग्न दोषीहरु अस्पतालको सिसिटिभी क्यामरामा कैद भएकाले सो को अविलम्ब पहिचान गरी दोषीलाई कानूनको दायरामा ल्याई कानुन बमोजिम कडा कारवाहीको माग गरेको छ।

Tags: #government of Nepal#Health and population ministryMehalkuna Hospital Surkhet
SummarizeShare248ScanTweet147

Related articles

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा पौडेल नियुक्त

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा पौडेल नियुक्त

by Nam Raj Bhatta
October 2, 2026
0

भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा क्षितिज पौडेल नियुक्त भएका छन्। यस्तै समितिको सदस्यमा नवराज तिमिल्सिना र अनिता खड्का नियुक्त भएका छन्। शुक्रबार मन्त्रीस्तरीय निर्णयअनुसार उनीहरूलाई समितिमा नियुक्त गरिएको...

डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे

डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे

by Nam Raj Bhatta
October 2, 2026
0

डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त भएका छन्। शुक्रबार नवनियुक्त अध्यक्ष पाण्डेले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

स्वास्थ्य बिमाले मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न स्वास्थ्य संस्थालाई अनुरोध

सुविधा कटौतिको प्रयासपछि स्वास्थ्य बीमा बोर्डका करार कर्मचारी आन्दोलित

by Nam Raj Bhatta
October 1, 2026
0

स्वास्थ्य बीमा बोर्डका कर्मचारीहरुको महँगी, प्रोत्साहन भत्तासँगै सामाजिक सुरक्षा कोषमा आबद्ध नगराएसम्म करार सम्झौता नवीकरण नगर्ने अडान लिएका स्वास्थ्य बीमा बोर्डका कर्मचारीहरूलाई निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सम्झौताका...

कलेजो प्रत्यारोपणका नयाँ उपचार विधिबारे काठमाडौंमा डा. अभिदीप चौधरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

कलेजो प्रत्यारोपणका नयाँ उपचार विधिबारे काठमाडौंमा डा. अभिदीप चौधरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
September 28, 2026
0

कलेजो रोग प्रत्यारोपणका क्षेत्रमा विकसित हुँदै आएका नयाँ उपचार विधि, शल्यक्रिया प्रविधि तथा चिकित्सकीय अनुभव आदान–प्रदान गर्ने उद्देश्यले काठमाडौंमा कलेजो प्रत्यारोपणसम्बन्धी विशेष चिकित्सकीय सम्मेलन सम्पन्न भएको छ। म्याक्स...

Please login to join discussion
AHF Nepal Bada Dashain
Norvic Pharmacy medicines delivered at home
Norvic Pharmacy medicines delivered at home
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    882 shares
    Share 353 Tweet 221
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    708 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    701 shares
    Share 301 Tweet 167
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    701 shares
    Share 312 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    649 shares
    Share 260 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा पौडेल नियुक्त
  • डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे
  • सुविधा कटौतिको प्रयासपछि स्वास्थ्य बीमा बोर्डका करार कर्मचारी आन्दोलित
  • कलेजो प्रत्यारोपणका नयाँ उपचार विधिबारे काठमाडौंमा डा. अभिदीप चौधरीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि Basic Life Support (BLS) Training कार्यक्रम सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.