Rastriya swasthya shikshya tatha suchana awareness
आज मिति : २०८१ कार्तिक १३
  • Login
Health News Nepal
Magnus Pharma
  • Home
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगु (Dengue Treatment)
No Result
View All Result
HealthNews
  • Home
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगु (Dengue Treatment)
No Result
View All Result
HealthNews
No Result
View All Result
Hams Hospital The Medical Solutions Pvt Ltd Kathmandu

नेपाल मेडिसिटी अस्पतालमा स्ट्रोक युनिट सञ्चालनमा

Nam Raj Bhatta by Nam Raj Bhatta
October 29, 2024
in News
A A
0
नेपाल मेडिसिटी अस्पतालमा स्ट्रोक युनिट सञ्चालनमा
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

ललितपुर, १३ कात्तिक २०८१

ललितपुरको भैसीपाटीस्थित विश्व स्ट्रोक दिवसको अवसर पारेर नेपाल मेडिसिटी अस्पतालले ‘स्ट्रोक युनिट’ सञ्चालनमा ल्याएको छ । बिरामीलाई छिटो स्ट्रोक विशेष सेवा प्रदान गर्न उक्त युनिट सञ्चालनमा ल्याइएको हो ।

स्ट्रोक युनिटका लागि तालिमप्राप्त नर्सिङ सेवादेखि छुट्टै बेड, अपरेसन थिएटर, आईसीयू र जाँच गर्ने ठाउँ छुट्याइएको छ । त्यस्तै यो युनिट सञ्चालनका लागि अस्पतालले अन्तर्राष्ट्रिय स्तरको प्रोटोकल र गाइडलाइन तयार पारेको जनाएको छ । जसमा स्ट्रोकको आपतकालीन अवस्थाको मूल्यांकन गर्ने, कुन अवस्थामा थ्रोमबेकटोमी तथा थ्रोमबोलाइसिस् उपचार विधि अपनाउने, बिरामीलाई स्वालोइङ तथा स्पीच थेरापी, फिजियोथेरापी र डिकम्प्रेसिभ हेमिक्राइनेकटोमीको आवश्यकता पर्छ, त्यहीँ अनुसार  सेवाहरुको व्यवस्था गरिएको छ ।

नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेपालमा स्ट्रोकका बिरामी बढ्दै गएको र यसको आपतलीन समयबारे मानिसहरुमा सचेतना कम रहेका कारण उक्त युनिट सञ्चालनमा ल्याइएको बताए । डा. महत्तोका अनुसार ‘हामीले स्ट्रोक युनिट अस्पताल तथा चिकित्सकहरुको प्रचारका लागि नभई मानिसहरुमा जनचेतना जगाउन र यस अवस्थाबाट गुज्रेका बिरामीलाई सेवा प्रदान गर्न सुरु गरेका हौं,’ ।

स्ट्रोक युनिटलाई पूर्ण रुपमा सञ्चालन गर्न अस्पतालमा हेलिकप्टरमार्फत उद्दार गर्ने सुविधा पनि उपलब्ध रहेको छ । स्ट्रोकको बिरामीलाई स्ट्रोकको लक्षण देखाएको केही घण्टाभित्रै उपचार पुर्‍याउनुपर्ने भएका कारण हेलिकप्टरबाट उद्धारसँगै स्ट्रोक टिम पनि उपचारका लागि साथ रहन्छ ।

न्यूरोलोजी विभाग तथा स्ट्रोक युनिटका प्रमुख डा. बाबुराम पोखरेलले नेपालमा स्ट्रोकका बिरामीका लागि यसरी विशेष स्ट्रोक युनिट सञ्चालनमा ल्याउनु राम्रो कदम रहेको बताए । डा. पोखरेलले अन्य बिरामीमाझ स्ट्रोकका बिरामीलाई राखेर उपचार गर्नुभन्दा छुट्टै ठाउँमा राखेर उपचार गर्दा चाँडो निको हुने सम्भावना बताउनुभयो ।

‘स्ट्रोक युनिटमा रहँदा बिरामीलाई आपतकालीन उपचार, होमियोस्टेसिसको सामान्यीकरण, जटिलताको रोकथाम, पुनर्स्थापनादेखि विभिन्न विभागहरुबाट पनि हेरचाह गर्ने प्रबन्ध मिलाइएको हुन्छ, जसले गर्दा मृत्यु र अशक्तताको जोखिमलाई कम गर्छ,’ डा. पोखरेलले भने ।

डा. पोखरेलले यो युनिटको आवश्यकता पर्नुको अर्को मुख्य कारण भनेको बढ्दै गएको स्ट्रोकको बिरामीको संख्या रहेको बताए । हृदयघातपछि रोगका कारण मृत्यु हुनेमा दोस्रो स्थानमा स्ट्रोक रहेको छ । हरेक चार जनामा एक जनालाई स्ट्रोक हुने सम्भावना रहन्छ । त्यस्तै नेपालमा रोगका कारण मृत्यु हुनुमा स्ट्रोक चौथो स्थानमा रहेको छ । एक अध्ययन अनुसार हरेक वर्ष नेपालमा ३३ हजार मानिसलाई स्ट्रोक हुने गरेको छ ।

न्युरो सर्जरी विभाग प्रमुख डा. गोपाल रमन शर्माका अनुसार ब्रेन स्ट्रोक हुने बित्तिकै अस्पतालमा आइपुगे उपचार सम्भव छ । स्ट्रोक हुँदा हरेक एक मिनेटमा लाखौं नसाहरु मर्दै जान्छन् । उपचारमा जति ढिला हुन्छ, त्यति नै छिटो नसाहरु मरेर प्यारालाइसिस भई अपाङगता हुने सम्भावना रहन्छ,’ डा. शर्माले भने ।

स्ट्रोकको उपचार एक जना चिकित्सकबाट मात्रै सम्भव नभएको डा. शर्मा बताउँछन्।

Tags: #Mediciti hospital
Nisarga hospital Dhangadhi
Previous Post

अर्घाखाँचीमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ पुग्यो

Related articles

अर्घाखाँचीमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ पुग्यो
News

अर्घाखाँचीमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ पुग्यो

11 hours ago
804
Ministry of health and population nepal
News

सरकारी अस्पतालमा १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

12 hours ago
779
तिलगङ्गा आँखा प्रतिष्ठानमा ‘एस्थेटिक अकुलोप्लाष्टि’ सेवा शुरु गरिदै
News

तिलगङ्गा आँखा प्रतिष्ठानमा ‘एस्थेटिक अकुलोप्लाष्टि’ सेवा शुरु गरिदै

22 hours ago
785
डडेल्धुरा मेडिकल कलेजमा बिएस्सी नर्सिङ र पब्लिक हेल्थ पनि अध्यापन हुने
News

डडेल्धुरा मेडिकल कलेजमा बिएस्सी नर्सिङ र पब्लिक हेल्थ पनि अध्यापन हुने

2 days ago
884
स्वास्थ्यमन्त्रीको १०० दिनः स्वास्थ्यमा महसुस हुने गरी सुधार हुँदैछ
News

स्वास्थ्यमन्त्रीको १०० दिनः स्वास्थ्यमा महसुस हुने गरी सुधार हुँदैछ

5 days ago
803
नेपाल औषधि लिमिटेडले सिटामोल अभाव नभएको प्रष्टोक्ति
News

नेपाल औषधि लिमिटेडले सिटामोल अभाव नभएको प्रष्टोक्ति

5 days ago
788

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Bardiya Hospital Guleria
Bardiya hospital guleria
online PPAN
तारकेश्वर गाउँपालिका नुवाकोट
dr.hemanta baduwal
जिल्ला अस्पताल बैतडी

टोखा नगरपालिकाको सूचना

टोखा नगपालिका सार्वजनिक सूचना(1)
टोखा नगपालिका सार्वजनिक सूचना(2)
Tokha nagarpalika tb awareness message
टोखा नगपालिका सार्वजनिक सूचना(4)
टोखा नगपालिका सार्वजनिक सूचना(3)
tokha chayerog 2
Tokha nagarpalika winter season heater awareness message
Tokha Nagarpalika Dengue Awareness Message
टोखा नगपालिका सार्वजनिक सूचना(5)
tokha chayerog 1
CIT Nagarik Pension Yojana
Cit nagarik pension yojana

Explore Healthcare

https://www.youtube.com/watch?v=7bT8jIADr_g
Biosystems products in Nepal

स्वास्थ्य सूचनाहरु 👇

Mahankal Palika Dengue awareness message
Janai khatira - Herpes Zoster
Amargadhi Dengue awareness message
Shahid Dharmabhakta National Transplant Center
Shahid dharmabhakta national transplant center

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (113)
  • Disease (105)
  • English (45)
  • Fitness (26)
  • Health (198)
  • Lifestyle (57)
  • News (2,666)
  • Nutrition (41)
  • Research & Study (60)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Home
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगु (Dengue Treatment)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.