ललितपुर, ६ फागुन २०८०
नेपाल औषधि व्यवसायी संघ ललितपुर जिल्ला शाखाको दोस्रो अधिवेशनबाट ईन्द्र वीर महर्जनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ।
शाखाको वरिष्ठ उपाध्यक्षमा मनोज अमात्य, उपाध्यक्ष थोक राजु पन्थी, उपाध्यक्ष खुद्रा प्रदिप राज पौडेल, महासचिव सजन श्रेष्ठ, कोषाध्यक्ष सुप्रीया शाक्य, सचिव सुमेन्द्र राज प्रकाश र उप कोषाध्यक्षमा सरला खड्का सिलवाल चयन भएका छन्।
यस्तैगरी सदस्यहरुमा सुदिप हमाल, मनिष श्रेष्ठ, बिनोद बोगटी, बिकल राज भट्टराई र भावना बगाले क्षेत्री थापा चयन भएका छन्।