काठमाडौं, २२ पुस २०८२
नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित पदाधिकारीहरुले कार्यभार सम्हालेका छन्।
आज मंगलवार देखि काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले कार्यभार सम्हालेका हुन्। हालै सम्पन्न भएको निर्वाचनबाट डा. कुन्जाङ शेर्पा निर्वाचित भएका थिए।
यस्तैगरी सदस्यहरुमा डा. छविलाल पन्थी, डा. सारिका गोइत, डा. दिपेन्द्र पाण्डे, डा. योविन यादव, डा. अस्मिता पोख्रेल, डा. सम्राट पराजुली, डा. रविन बस्नेत र डा. नीना राई निर्वाचित भएका थिए।














