काठमाडौं, १५ पुस २०८२
नेपाल मेडिकल काउन्सिलको हालै सम्पन्न निर्वाचनमा उपाध्यक्ष पदमा डा. कुन्जाङ शेर्पा निर्वाचित भएका छन्। काउन्सिलको निर्वाचनमा ११ हजार ९ सय २२ मत खसेको थियो।
मंगलबार सम्पन्न मतगणना अनुसार डा. शेर्पाले डा. गुरुशरण साहलाई पराजित गर्दै उपाध्यक्षमा बिजय हासिल गरेका हुन्।
यस्तैगरी सदस्यहरुमा डा. छविलाल पन्थी, डा. सारिका गोइत, डा. दिपेन्द्र पाण्डे, डा. योविन यादव, डा. अस्मिता पोख्रेल, डा. सम्राट पराजुली, डा. रविन बस्नेत र डा. नीना राईले जित हासिल गरेका छन्।





