काठमाडौं, १२ पुस २०८२
नेपाल मेडिकल काउन्सिलको निर्वाचन सम्पन्न भएको छ। नेपाल मेडिकल काउन्सिलमा रिक्त एक उपाध्यक्ष र आठ सदस्य छनौटका लागि निर्वाचन भएको हो।
मतदानमा कुल ११ हजार ९२२ भोट खसेको काउन्सिलका प्रवक्ता समेत रहेका रजिष्ट्रार डा. सतीशकुमार देवले बताउनु भयो। यसअघि काठमाडौं उपत्यका बाहिर गत ४ देखि ६ पुससम्म १८ वटा मतदान केन्द्रमा ६ हजार ८४६ भोट खसेको थियो ।
उपत्यका अन्तर्गत काठमाडौं, ललितपुर र धुलिखेलमा हिजो र आज भएको मतदानमा कुल ५ हजार ७६ भोट खसेको छ ।
काउन्सिलले मतगणना भने भोलि विहान देखि ललितपुरको स्टाफ कलेज परिसरमा हुने बताएको छ।












