जनकपुर, १५ साउन २०८१
मधेश प्रदेशको राजधानी जनकपुरधाममा रहेको जानकी मेडिकल कलेजका दुई विद्यार्थी निलम राणा र गौरव पराजुलीले एमबीबीएसको अन्तिम परीक्षामा टप नतिजा ल्याउन सफल भएका छन् ।
जानकि मेडिकल कलेजले बिगत दुई दशक देखि सस्तो र छिटो सेवा प्रदान गर्दै आइरहेको कलेजका अध्यक्ष ओम प्रसाद पाण्डेले जानकारी दिनु भयो।
पाण्डेका अनुसार कम शुल्कमा नेपाल र छिमेकी देश भारत देखि कयौं बिद्यार्थी यहाँ अध्ययन गर्न आउने गरेका छन् ।
उनले भने, हाल यहाँ नयाँ ब्यबस्थापनले काम गरि रहेको छ।बिगतमा भएका कमि कमजोरी सुधारमा अस्पताल दिन रात खटेको देख्न सकिन्छ । भौतिक पूर्वाधारका क्षेत्र हुन् या अध्ययन अध्यापनका क्षेत्र दुबैमा नयाँ ब्यबस्थापन सक्रिय भइ लागेको छ ।
जानकी मेडिकल कलेजले पच्छिलो अवस्थामा स्वास्थ्य शिक्षा क्षेत्रमा ठूलो फड्को मारेको र अध्ययनरत बिद्यार्थी देशमै उत्कृष्ट अब्ब्ल बिद्यार्थीका रुपमा स्थापित रहेको पाण्डेले बताए।
मेडिकल कलेजले चिकित्सा शास्त्रको स्नातक तहको परिक्षामा अब्बल नतिजा देखाएको छ ।
त्रिभुवन विश्वबिद्यालयले बि .स.२०८० साल अन्तर्गत लिएको चिकित्सा शास्त्रको स्नातकतह ( MBBS) अन्तिम वर्षको परिक्षाफलमा टप हुनेमा नवल परासीको कावसोती घर भएकी निलम राणा र चितवन ,भरतपुर घर भएका गौरव पराजुली हुन् । जम्मा ८८९ अंक सहित निलम राणा पहिलो टपर भएकी हुन् भने गौरव पराजुलीले ८८२ अंक सहित तेस्रो टपर रहेका छन् ।