झापा, १२ चैत २०८०
सर्वोच्च अदालतले झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ ।
सोमबार सर्बोच्चका न्यायाधीशद्धय डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्याएको खण्डमा बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो ।
रिट निवेदनमा जे मागदावी थियो अहिले त्यहि आदेश भएको सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले बताए।
निवेदन बमोजिम रिट जारी भएको भनेकाले त्यही अर्थ लगाउन सकिन्छ । उनले विस्तृत जानकारी आदेशको सम्छिप्त वा पूर्ण पाठ पछि थाहा हुने बताए ।
बीएण्डसीले सम्वन्धन पाउन भन्दै विसं २०७७ असार २१ गते काठमाडौँ मेडिकल कलेज र चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाई रिट दायर गरेको थियो ।