तनहुँ, ८ मंसिर २०८१
नेपाल चिकित्सक संघ तनहुँ शाखाको नयाँ कार्यसमिति चयन भएको छ।
एक कार्यक्रम आयोजना गरेर डा. राम कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो।
चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक डा. राजन शर्माको अध्यक्षतामा नेपाल चिकित्सक संघ, तनहुँको शाखाको नयाँ कार्यसमिति चयन भएको हो ।
नव गठित नेपाल चिकित्सक संघ, तनहुँ शाखाको वरिष्ठ उपाध्यक्ष डा. विद्याभुषण ताम्राकार, उपाध्यक्ष डा. परिवर्तन बराल रहेका छन।
त्यस्तै महासचिवमा डा. दिनेश शर्मा, सहसचिव डा. धनबहादुर क्षेत्री, कोषाध्यक्ष डा. शैलेश गुरुङ र सहकोषाध्यक्ष डा. अस्मिता पाठक रहेका छन् ।
यस्तैगरी सदस्यहरुमा डा. रामहरि दाहाल, डा. शेखर कायस्थ, डा. कुलदिप के.सी. डा. बिक्रमबाबु कार्की, डा. सन्दिप गौतम र डा. विज्ञान क्षेत्री गरि जम्मा १३ जनाको कार्यसमिति गठन भएको छ ।
नयाँ कार्य समितिको सल्लाहकारमा प्रा.डा. बुद्धिबहादुर थापा, डा. दिपक पौडेल र डा. दिपक काफ्ले रहेका थिए।
कार्यक्रममा गण्डकी प्रदेशका संयोजक डा. राजन शर्माले देशैभरी शाखा बिस्तार हुँदै गर्दा चिकित्सक संघ झनझन बलियो भएको बताउनुभयो ।
नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिल बिक्रम कार्कीले चिकित्सक भनेको सम्पूर्ण चिकित्सकको साझा संगठन भएकोले चित्त नबुझेको कुरा संस्था सङ्ग असुन्तुष्ट पोख्न पाइने बताए।
चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष डा. बद्री रिजालले शुरुका दिनहरुमा केन्द्रलाई मात्रै सम्पुर्ण चिकित्सकहरुको गुनासो सुन्ने भएतापनी अहिले शाखा बिस्तार गर्दा चिकित्सकको गुनासो समस्या समाधान गर्न सजिलो हुने बताउनु भयो।
देश संघीय संरचनामा गइसकेको अवस्थामा सातै प्रदेशमा उपाध्यक्ष चुनेर उपाध्यक्ष संयोजक रहने गरि प्रदेश भित्र रहेका जिल्लाभरीका चिकित्सकहरुलाई समेटेर शाखा विस्तार गर्ने नेपाल चिकित्सक संघको विधान अनुसार नै शाखा विस्तार गरिएको महासचिव डा. दिनेश शर्माले बताए।
उक्त कार्यक्रममा नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. अनिल बिक्रम कार्की, बरिष्ट उपाध्यक्ष डा. बद्रि रिजाल र महासचिव डा. संजिव तिवारीको समेत उपस्थिति रहेको थियो ।