कास्की, २० भाद्र २०८१
नेपाल चिकित्सक संघ गण्डकी शाखाको अध्यक्षमा डा. सुनिल पनेरु निर्विरोध चयन भएका छ्न।
शाखाले २०८१ देखि २०८४ को नयाँ कार्यसमितिका लागि १३ जनाको नाम सिफारिस गरेको हो।
शाखाको वरिष्ठ उपाध्यक्षमा डा. कृष्णचन्द्र रिजाल र उपाध्यक्षमा डा. सुशील तिमिल्सिना निर्विरोध चयन भएका छन् ।
त्यस्तैगरी सचीवमा डा. नवराज लम्डारी, सह सचिब डा. डेविड श्रेष्ठ, कोषाध्यक्षमा डा. राजेन्द्र नेपाली र सह कोषाध्यक्षमा डा. पुजन शर्मा चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा डा. दिनेश कुमार वि.क., डा. सुस्मित काफ्ले, डा. संजय कोइराला, डा. सुधिर रमण पराजुली, डा. बिराट शर्मा र डा. राजेन्द्र घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।
यस अघि शाखाको अध्यक्षमा डा. राजन शर्मा हुनुहुन्थ्यो ।