बिराटनगर, १७ असार २०८१
नेपाल चिकित्सक संघको कोशी शाखाको अध्यक्षमा डा. राजेन्द्र चौधरी चयन भएका छन् ।
नयाँ कार्यसमितिमा अध्यक्षताको लागि डा. चौधरी ४ वर्षका लागि चयन भएका हुन् ।
कोशी चिकित्सक संघमा वरिष्ठ उपाध्यक्षमा डा. नविन कुमार कर्ण, उपाध्यक्षमा डा. शिलव सेन श्रीबास्तव, महासचिवमा डा. बालकृष्ण साह चयन भएका छन्।
यस्तै कोषाध्यक्षमा डा. सुनिल रेग्मी, स–सचिवमा डा. रामकुमार यादव, सह– कोषाध्यक्षमा डा. तेजेन्द्र कार्की नियुक्त भएका छन्।
यस्तै सदस्यहरुमा डा. कोपिला अग्रवाल, डा प्रेक्षा दली, डा. अमरकुमार यादव, डा. रितेशकुमार सिंह, डा. जीवनाथ धमला र डा. राजाबाबु मण्डल चयन भएका छन्।
अध्यक्ष लगायत सबै पदका कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन्।