दार्चुला, १२ फागुन २०८०
दार्चुलामा फागुन १३ गतेबाट दादुरा रुबेला खोप अभियान सञ्चालन हुने भएको छ ।
दादुरा-रुबेला खोप अभियान २०८०/८१ अन्तर्गत जिल्लाका ९ वटै स्थानीय तहमा ९ महिनादेखि ५ वर्षमुनिका ११ हजार २९ बालबालिकालाई दादुरा खोप लगाउन थालिएको हो ।
स्वास्थ्य कार्यालय दार्चुलाले जिल्ला स्तरको योजना गोष्ठी तथा जिल्ला समन्वय समिति तथा पत्रकारसँगको अन्तक्रिया कार्यक्रमा गरेर स्वास्थ्यकर्मी तथा स्वयंसेविकाहरुको लागि अभिमुखीकरण संचालन गरेको स्वास्थ्य कार्यालयका खोप शाखा प्रमुख बिरेन्द्र प्रसाद भट्टले जानकारी दिजुभयो।
भट्टका अनुसार जिल्ला अन्तर्गतको ६१ वडामा ११ हजार २९ बालबालिकालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य रहेको छ।
खोप निःशुल्क र सुरक्षित भएकाले आ-आफ्ना वालबालिकालाई खोप केन्द्रमा लगेर खोप लगाउन स्वास्थ्य कार्यालयका प्रमुख रमेश कुवँरले सरोकारवाला सबैलाई आग्रह गर्नु भएको छ।
प्रमुख कुवँरले जिल्लाका स्वास्थ्य संस्था, नियमित खोप केन्द्र र पहुँच कम भएको स्थानमा गरि जम्मा २२४ खोप केन्द्रहरू खोप प्रदान गरिने र
खोप दिने स्वास्थ्यकर्मी करिब २५० जति खोप केन्द्रहरुमा स्वयंसेवक ४५० खटिने भएका छन् ।
अभियानको अनुगमन तथा सहयोगात्मक सुपरीवेक्षणको लागि जिल्ला पालिका तथा स्थानिय स्वास्थ्य संस्थाहरु इन्चार्जहरु सहित करिब १५० जना परिचालन हुने कुवँरले बताए।
खोप लगाए पश्चात् हुन सक्ने अन्पेक्षित घटनाको अनुगमन तथा ब्यवस्थापनको लागि जिल्लामा ५ वटा पालिकामा रहेका चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलि रहेको छ।
खोप लगाइने केन्द्रहरुमा मार्मा आधारभुत अस्पताल, नौगाड आधारभुत अस्पताल, मालिकार्जुन आधारभुत अस्पताल, गोकुलेश्वर प्राथमिक अस्पताल, र जिल्ला अस्पताल दार्चुला रहेको छ।
दादुरा रुबेला अभियानका लागि भ्याक्सिन तथा अन्य सामग्री १० गते पालिका तथा स्वास्थ्य संस्था स्तरमा पठाइसकेको खोप शाखा प्रमुख भट्टले जानकारी दिनुभयो।