काठमाडौं, १० फागुन २०८२
नेपालमा महिला स्वास्थ्य र क्यान्सर उपचारको क्षेत्रमा महत्वपूर्ण उपलब्धि स्वरूप, म्याक्स सुपर स्पेसियलिटी अस्पताल, पटपड़गंज ले “रोबोटिक्स इन गायनाकोलोजी र गायन क्यान्सर: हाम्रो अनुभव” विषयमा एक प्रतिष्ठित शैक्षिक कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ।
दरबारमार्गस्थित होटल याक एन्ड यति मा सम्पन्न कार्यक्रममा देशभरका १२० भन्दा बढी वरिष्ठ चिकित्सकहरूले सक्रिय सहभागिता जनाएका थिए। यस कार्यक्रममा ज्ञान आदान–प्रदान, अनुभव साटासाट र क्लिनिकल उत्कृष्टता प्रवर्द्धन गर्ने सशक्त मञ्च बनेको थियो।
कार्यक्रमको प्रमुख सत्र डा. मोनिशा गुप्ता, एसोसिएट डाइरेक्टर, रोबोटिक र लेप्रोस्कोपिक गायने–अनकोलोजी, म्याक्स सुपर स्पेसियलिटी अस्पताल, दिल्लीले नेतृत्व गर्नुभयो। उहाँले रोबोटिक प्रविधिको प्रयोग, उन्नत शल्यक्रिया विधिहरू, क्लिनिकल परिणाम र बिरामीका फाइदाबारे स्पष्ट र प्रभावशाली प्रस्तुति दिनुभयो।
साथै, मिनिमली इन्भेसिभ रोबोटिक सर्जरीले शल्यक्रियाको सटीकता बढाउने, रिकभरी समय घटाउने र समग्र बिरामी सेवामा सुधार ल्याउने विषयमा विशेष जोड दिनुभयो।
प्रतिभागी चिकित्सकहरूले अन्तरक्रियात्मक छलफलमा सक्रिय सहभागिता जनाउनु भएको र नयाँ प्रविधि तथा नवप्रवर्तनप्रति गहिरो चासो देखाउनु भएको थियो ।
कार्यक्रमको आयोजना र सहभागिताप्रति म्याक्स हेल्थकेयरका प्रतिनिधिहरू उत्साहित देखिनुभयो र नेपालमा उन्नत चिकित्सा शिक्षा तथा अङ्कोलोजी सेवाको विकासमा निरन्तर योगदान दिने प्रतिबद्धता दोहोर्याउनुभयो।
कार्यक्रमका क्रममा प्रतिनिधिहरूले नेपालप्रति संस्थाको दीर्घकालीन प्रतिबद्धता दोहोर्याउँदै, भविष्यमा यस्ता शैक्षिक कार्यक्रमहरू निरन्तर आयोजना गरी नेपाली चिकित्सकहरूसँग सहकार्य विस्तार गर्ने, क्लिनिकल ज्ञान सुदृढ बनाउने र देशमा क्यान्सर उपचारका नतिजा अझ सुधार गर्ने लक्ष्य रहेको बताए।
साथै, सीमापार चिकित्सा सहकार्यलाई अझ सुदृढ गर्दै, निरन्तर शैक्षिक संलग्नता र बिरामी सहयोग कार्यक्रममार्फत नेपालमा अङ्कोलोजी सेवाको विकासमा योगदान दिने प्रतिबद्धता पनि व्यक्त गरियो।





