10th Nepal Pharma Expo 2026 Kathmandu
आज: २०८२ फाल्गुन १९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण

Nam Raj Bhatta by Nam Raj Bhatta
March 2, 2026
in News
Reading Time: 1 min read
A A
0
सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण
585
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

कञ्चनपुर, १८ फागुन २०८२

सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण गरिएको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ३८ वर्षीय वीरेन्द्र मल्ल लाई अचानक देखिएको समस्याको परीक्षण गराउन उहाँ कैलालीस्थित सेती प्रादेशिक अस्पताल पुग्नुभयो । तर त्यहाँ आवश्यक उपकरण नहुँदा उहाँलाई महेन्द्रनगरस्थित मन्त्र अस्पतालमा जान सुझाव दिइयो। चिकित्सकको सल्लाहअनुसार मन्त्र अस्पताल पुग्नुभएका उहाँले शनिबार फोक्सो परीक्षण गराएका थिए।

“कैलालीका अधिकांश अस्पतालमा फोक्सो परीक्षणका लागि सोधपुछ गरेको थिएँ,” उहाँले भन्नुभयो, “सेती प्रादेशिक अस्पतालका चिकित्सकको सुझावपछि महेन्द्रनगरमा परीक्षण गराएको छु।” ब्रोंकोस्कोपी गराउन करिब १६ हजार रुपैयाँ र औषधिमा झन्डै ३५ हजार रुपैयाँ खर्च भएको उहाँले बताउनुभयो।

त्यसैगरी बझाङकी ५६ वर्षीया एक महिलाले पनि शनिबार मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी गराउनुभयो। तीन दशकदेखि दमको औषधि सेवन गर्दै आएकी उहाँले फोक्सोमा थप समस्या देखिएपछि परीक्षणका लागि महेन्द्रनगर आएको बताए।  चिकित्सकले सफलतापूर्वक परीक्षण गरे पनि रिपोर्ट आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो।

ब्रोंकोस्कोपी गराउन बुटवल वा काठमाडौँ जानुपर्दा अत्यधिक खर्च लाग्ने भएकाले सुदूरपश्चिममै परीक्षण सुरु भएपछि सहज भएको उहाँको भनाइ छ।

सुदूरपश्चिम प्रदेशमै पहिलो पटक सफलतापूर्वक यस्तो फोक्सो परीक्षण सुरु गरिएको हो। शनिबार कञ्चनपुरको महेन्द्रनगरस्थित मन्त्र अस्पतालमा श्वासनली हेर्ने उपकरण (ब्रोंकोस्कोप) को सहायताले पहिलोपटक चार जनामा फोक्सो परीक्षण गरिएको थियो।

मल्लसहित चार जनामा ब्रोंकोस्कोपी गरिएको मन्त्र अस्पतालका सञ्चालक डा. गोविन्द रोकायाले बताउनुभयो। चिकित्सक अभावका कारण चार वर्षअघि खरिद गरिएको ब्रोंकोस्कोप प्रयोगमा ल्याउन नसकिएको पनि डा. रोकायाले बताए।  विसं २०७८ सालमा झन्डै ५० लाख रुपैयाँ लागतमा उक्त उपकरण खरिद गरिएको थियो।

डा. रोकायाका अनुसार उपकरण खरिद गरिए पनि विशेषज्ञ चिकित्सक नहुँदा फोक्सोसम्बन्धी परीक्षण गर्न सकिएको थिएन।  केही दिनअघि फोक्सो रोग विशेषज्ञसँग समन्वय भएपछि उपकरण सञ्चालनमा ल्याएका हौँ।

सुदूरपश्चिमका नौवटै जिल्लाका सरकारी तथा निजी अस्पतालमा फोक्सोसम्बन्धी रोग परीक्षणका लागि उपकरण अभाव हुँदा बिरामीलाई बुटवल, काठमाडौँलगायत अन्य ठाउँ पठाउनुपर्ने बाध्यता रहेको फोक्सो रोग विशेषज्ञ डा. नारायण जोशीले बताउनुभयो।

डा. जोशीका अनुसार मन्त्र अस्पतालमा उपकरण सञ्चालनमा आएपछि फोक्सो परीक्षणका लागि बाहिर जानुपर्ने बाध्यता धेरै हदसम्म कम हुने अपेक्षा गरिएको छ।

मन्त्र अस्पतालको आग्रहमा शनिबारदेखि फुर्सदको समयमा महेन्द्रनगर पुगेर ब्रोंकोस्कोपी सेवा सुरु गरिएको उहाँले बताउनुभयो। ब्रोंकोस्कोपीपछि क्यान्सर बाहेकका अधिकांश फोक्सो रोगको उपचार सुदूरपश्चिममै सम्भव हुने डा. जोशीको भनाइ छ।

ब्रोंकोस्कोपीको सहायताले चिकित्सकले श्वासनली र फोक्सोको भित्री भागको जाँच गर्ने गर्दछन्। यसका लागि क्यामेरा जडित पातलो लचिलो नली (ब्रोंकोस्कोप) मुख वा नाकबाट फोक्सोसम्म पुर्‍याइन्छ। यस माध्यमबाट फोक्सोको क्यान्सर, टीबी, निमोनियाजस्ता संक्रमण तथा रगत बग्ने कारण पत्ता लगाउन सकिने चिकित्सक बताउँछन् ।

बारम्बार खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने वा रगत आउने अवस्थाका बिरामीमा ब्रोंकोस्कोपी उपयोगी हुने चिकित्सक बताउँछन्। फोक्सोमा देखिएका ट्युमर वा शङ्कास्पद गाँठाबाट नमूना सङ्कलन गर्न तथा निमोनिया वा टीबीजस्ता सङ्क्रमणको जाँच गर्न पनि यो विधि प्रयोग गरिन्छ।

Tags: Dr. Narayan joshiMantra hospital and research Center Mahendranagar
SummarizeShare234ScanTweet146

Related articles

वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो

वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो

by Nam Raj Bhatta
February 28, 2026
0

स्याङ्जा, १६ फागुन २०८२ स्याङ्जाको वालिङ नगरपालिकास्थित गह्रौं प्राथमिक अस्पतालमा शव सुरक्षित राख्न मिल्ने मोरटुअरी रेफ्रिजरेटर जडान गरिएको छ । लामो समयदेखि शव संरक्षणका लागि उचित व्यवस्था नहुँदा...

प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन

by Nam Raj Bhatta
February 28, 2026
0

काठमाडौं, १६ फागुन २०८२ निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक...

प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

by Nam Raj Bhatta
February 25, 2026
0

काठमाडौं, ११ फागुन २०८२ परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालले फिस्टुला (Obstetric and Iatrogenic Fistula) को निःशुल्क शल्यक्रिया सेवा औपचारिक रूपमा सुरु गरेको छ। अस्पतालले यो सेवा कार्तिक महिनामा...

धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

by Nam Raj Bhatta
February 24, 2026
0

कैलाली, १२ फागुन २०८२ नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन गर्ने भएको...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

लोकप्रिय पोस्टहरू (Popular posts)

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    626 shares
    Share 250 Tweet 157
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    609 shares
    Share 244 Tweet 152
  • नेपालमा NCD, OOP र बीमा: सजिलो प्रश्नोत्तर #Insurence 

    601 shares
    Share 240 Tweet 150
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

    601 shares
    Share 240 Tweet 150
  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    599 shares
    Share 240 Tweet 150

This slideshow requires JavaScript.

Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi Sitlahar bata kasari bachne HO Dhangadhi

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • सुदुरपश्चिम प्रदेशमै पहिलोपटक मन्त्र अस्पतालमा ब्रोंकोस्कोपी परीक्षण
  • वालिङ अस्पताल स्याङ्जामा शव राख्ने फ्रिज सुविधा थपियो
  • प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्वाचन आयोगको निर्देशन
  • फागुन ३० गते “काठमाडौं पिंक केयरएथन” आयोजना हुने
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.