काठमाडौं, २१ पुष २०८१
विश्वबिद्यालय अनुदान आयोगले एक औपचारिक समारोहका बीच आज नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड द्वारा संचालित, त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त गरि चिकित्सा शास्त्र अध्ययन सस्थानको प्राज्ञिक नियन्त्रणमा रहि संचालनका रहेको मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज् सोल्टीमोड, काठमाण्डौलाई सस्थागत गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA ) को प्रमाणपत्र प्रदान गरेको छ ।
आयोगको सभाकक्ष सानोठिमी भक्तपुरमा आयोजित उक्त कार्यक्रममा आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. वंशिधर मिश्र, क्याम्पस प्रमुख डा. धर्म प्रसाद खनाल तथा क्याम्पस पदाधिकारीहरुलाई उक्त प्रमाणपत्र प्रदान गर्दै क्याम्पसले आगामी दिनमा आयोगको उद्धेश्य अनुसार गुणस्तरका लागि थप प्रभावकारी कदमहरु चाल्नु पर्ने बताउदै क्याम्पस परिवारलाई हार्दिक बधाई दिनुभयो ।
उक्त कार्यक्रममा आयोगको सदस्य सचिव प्रा. शंकर प्रसाद भण्डारीले कार्यक्रममा उपस्थित सवैलाइ स्वागत गर्दै प्रमाण पत्र प्राप्त क्याम्पसलाई बधाई दिएका छन् ।
सो अवसरमा क्याम्पसको तर्फवाट सस्थाका उपाध्यक्ष तथा आन्तरिक गुणस्तर सुनिश्चतता समितिका प्रमुख सह. प्राध्यापक जीवन प्रकाश शर्माले संस्थाको परिचय दिदै यसले गरेका उपलब्धीहरुको सक्षिप्त चर्चा सहित गुणस्तर सुनिश्चितता प्रत्याययनको प्रमाणपत्र प्राप्त गर्नको लागि बिगत ५ बर्ष देखि गरिएका प्रयत्नहरुको चर्चा गर्नुभयो।
आयोगले क्याम्पसलाई गुणस्तर सुनिश्चतताको लागि छनौट गरेकोमा धन्यवाद दिदै PRT ले क्याम्पस अवलोकनका क्रममा गुणस्तर अभिबृद्धिका लागि दिएका सुझावहरुलाई लागु गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा शैक्षिक गुणस्तर प्रत्यायनका निर्देशक प्रा.डा. रेजिना मास्केले सस्थाको QAA यात्राको तथ्याक प्रस्तुत गर्नु भयो । संस्थाको Peer Review Team का संयोजक प्रा. डा. गणेश बहादुर गुरुङले क्याम्पसलाई बधाई दिदै मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज् लेआफुले अवलोकन गर्दा अनुसन्धानात्मक क्रियाकलाप, प्रकाशनको नियमितता, अन्तराष्टिय सम्वन्ध स्थापनामा उल्लेखनिय कार्य गरेको पाइएको बताउदै आगामी दिनमा शैक्षिक गुणस्तर अभिबृद्धिमा थप योगदानको अपेक्षा गरेको बताउनु भयो ।
चिकित्सा शास्त्र अध्ययन सस्थानका नवनियुक्त डीन प्रा. डा. मोहनराज शर्माले QAA प्रमाणपत्र प्राप्त क्याम्पसलाई हार्दिक बधाई दिदै सस्थान अन्तर्गत ४ वटा क्याम्पसले QAA प्रमाणपत्र प्राप्त गरेको जानकारी दिदै मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजले आगामी दिनमा पनि अनुसन्धानका गतिविधिहरुमा थप जोड दिनुपर्ने बताउनु भयो ।
सो कार्यक्रममा PRT का सदस्यहरु प्रा. सुलोचना श्रेष्ठ, नविना चौलागाई तथा आयोगका सम्वन्धित कर्मचारीहरु र क्याम्पस व्यवस्थापन समितिका सदस्यहरु, पूर्व क्याम्पस प्रमुख र क्याम्पस आन्तरिक गुणस्तर सुनिश्चितता समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।