काठमाडौं, ३१ साउन २०८१
महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका चिकित्सकहरुले ३५ हप्ताको गर्भवतीको मुटुको जटिल शल्यक्रिया गरेका छन् ।
सेन्टरका बरिष्ठ मुटुसर्जन डा. अनिल भट्टराई नेतृत्वको टोलीले भक्तपुर नगरकोटकी २२ बर्षीया गर्भवतीको मुटुको जटिल शल्यक्रिया गरेको हो ।
डा. भट्टराईका अनुसार ती गर्भवतीको मुटुबाट निस्कने नशा फुटेको (एसेन्डिङ एओर्टिक एनोरिजम वीथ डिसेक्सन) थियो ।
डा. भट्टराईले भनेमुटुको नशा च्यातिनै लागेको अवस्थामा सो शल्यक्रिया गरिएको हो । केही समय ढिला भएको भए गर्भवती महिला र उनको पेटमा रहेको बच्चा दुबैको ज्यान जान सक्थ्यो।
उक्त मुटुको शल्यक्रिया गर्नु अघि प्रसूति तथा स्त्री रोग विशेषज्ञहरुको टोलीले पेटको बच्चा निकालेको थियो ।
चार दिन अघि गरिएको सो शल्यक्रिया पछि अहिले आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य भएको डा. भट्टराईले बताउनु भयो।
यस्तो खालको मुटुको शल्यक्रिया संसारमै जटिल र उच्च जोखिमयुक्त मानिने डा. भट्टराईले बताए । यसै सेन्टरमा छ वर्ष पहिले पनि भएको डा. भट्टराईले बताए।
उक्त केशमा मुटुको शल्यक्रिया गर्न डा. भट्टराईको नेतृत्वमा डा. रबि बराल र डा. प्रभात खकुरेलको टिम खटिएको थियो । यस्तै स्त्री रोग विशेषज्ञहरु डा. सुनिति रावल, डा. पुजा पौडेल र डा. संयुक्ता राजभण्डारी खटिएका थिए । यस्तै एनेस्थेसियामा डा. विश्वास प्रधान, डा. विभुश श्रेष्ठ र डा. अर्जुन गुरुङले सघाएका थिए ।
यस्तैगरी फरफ्युसन असिस्टेन्टको रुपमा महेन्द्र भट्टले सघाएको थियो।