कास्की, ०४ बैशाख २०८१
पोखरा स्थित रहेको मणिपाल शिक्षण अस्पतालमा तीन महिने ‘केयरगिभर तालिम’ सुरु भएको छ।
पोखरा महानगरपालीकाका नगर प्रमुख धनराज आचार्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट स्वीकृत प्राप्त ‘केयरगिभर तालिम’ औपचारिक रुपमा उद्घाटन गरेका हुन्।
मणिपाल शिक्षण अस्पतालले पहिलो पटक शुरू गरेको तालिम कम्तिमा आठ कक्षा उत्तीर्ण गरी १८ वर्ष उमेर पुगेकाहरूले सहभागि हुन पाउने गरी सुचना प्रकाशन गरिएको र आवेदन आएकामध्ये प्रवेश परीक्षा तथा अन्तर्वाताका माध्यमबाट छनोट गरिएको हो। पोखरा तथा पोखरा बाहिरका प्रशिक्षार्थीहरूको तालिममा सहभागिता रहेको छ।
उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै मणिपाल शिक्षण अस्पतालका डाइरेक्टर डा. अभिषेक मास्केले मणिपाल शिक्षण अस्पतालले बिरामीहरूको सेवामा सहयोग पुग्ने हुनाले विभिन्न समयमा विभिन्न किसिमका तालिम सञ्चालन गर्दै आइरहेको बताउनु भयो।
अस्पतालका नर्सिङ डाइरेक्टर वरुणा पौडेलले तालिमको मुल लक्ष्य भनेको सम्बन्धित क्षेत्रमा सीप युक्त जनशक्ति उत्पादन गरी रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्ने रहेको बताइन्।
कार्यक्रमलाई बोल्दै पोखरा महानगरपालीकाका नगर प्रमुख धनराज आचार्यले अहिलेको परिवेशमा यस तालिमको भुमिका महत्वपूर्ण रहेको र यस तालिम समाजमा रहेका वृद्ध, असहाय तथा सहाराको आवश्यक रहेका व्यक्तिहरूलाई ठुलो सहयोग तथा सेवा पुग्ने बताए।
मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलले उचित उपचार, स्वास्थ्य सेवा र स्वास्थ्य कर्मचारीहरुको आवश्यकतालाई मध्यनजर गर्दै आएको र मणिपाल शिक्षण अस्पतालले समय–समयमा विभिन्न तालिमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनु भयो।
प्रमुख कार्यकारी अधिकृत ओडुविलले सहभागीहरूलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो।