आज मिति : २०८२ बैशाख २६
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu

मनाङमा ९० किशोरीले लगाए एचपिभी खोप

Nam Raj Bhatta by Nam Raj Bhatta
March 15, 2025
in News
A A
0
१७ लाख किशोरीलाई माघमा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

मनाङ, २ चैत २०८१

हिमाली जिल्ला मनाङका ९० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ । गत फागुन १८ देखि जिल्लामा खोप अभियान सञ्चालन गरिएको हो ।

जिल्लाका खोपका लागि पहिचान गरिएका एक सय नौ किशोरीमध्ये ९० किशोरीलाई लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालयका खोप अधिकृत राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो। उनका अनुसार २१ किशोरीले भने जिल्ला बाहिर नै खोप लगाएका छन् ।

जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको श्रेष्ठले बताए । खोप अधिकृत श्रेष्ठले भने, “जिल्लाभित्रका किशोरीलाई जिल्लामा तोकिएका केन्द्रबाट खोप लगाइयो भने बाहिर रहेका किशोरीले बाहिरी जिल्लाकै खोप केन्द्रबाट खोप लगाएका छन् ।”

कक्षा ६ देखि १० सम्मका अध्ययनरत एक सय तीन किशोरीलाई एचभिपी खोप पहिचान गरिएको उनले बताए । श्रेष्ठले भने, “विद्यालयमा अध्ययनरत एक सय तीन किशोरी र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका छ गरी एक सय नौ किशोरी एचभिपी खोपका लागि पहिचान गरिएको थियो, २१ जनाले बाहिरी जिल्लाबाट खोप लगाएको जानकारी प्राप्त भएको छ ।”

मनाङको ङिस्याङ, नार्पाभूमि, चामे र नासोँ गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउनका लागि खोप केन्द्र तोकिएको थियो । जिल्लामा दुई सय थान खोप जिल्लामा भित्रिएकामा ९० थान मात्रै प्रयोग भएको श्रेष्ठको भनाइ छ ।

गत फागुनको १८, १९ र २० गते ङिस्याङको अन्नपूर्ण माध्यमिक विद्यालय, चामेको लोकप्रिय माध्यमिक विद्यालय, गौरीशङ्कर आधारभूत विद्यालय र नासोंको प्रकाश ज्योति माध्यमिक विद्यालयको खोप केन्द्रबाट खोप लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालय मनाङका प्रमुख रविना ठगुनाले बताइन्।

खोप कार्यक्रम सञ्चालनका लागि सबै पालिकाका स्वास्थ्य शाखा प्रमुख, सबै पालिकामा रहेको २४ वटै स्वास्थ्य संस्थाका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालय मनाङ र जिल्ला आयुर्वेदिक अस्पताल मनाङको प्रत्यक्ष सहभागितामा खोप लगाइएको हो ।

नासों गाउँपालिका ५ स्थित प्रकाशज्योति माध्यमिक विद्यालय, चामे गाउँपालिका १ स्थित गौरीशङ्कर माध्यमिक विद्यालय, चामे गाउँपालिका ४ स्थित लोकप्रिय माध्यमिक विद्यालय र मनाङ ङिस्याङ गाउँपालिका ६ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा खोप केन्द्रबाट किशोरीलाई एचपिभी खोल लगाइएको कार्यालयले जनाएको छ ।

Tags: Health office managhpv vaccine
Nisarga hospital Dhangadhi
Previous Post

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. श्रीराम तिवारी

Next Post

स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक

Related articles

एचआईभी संक्रमित जनजाति महिलाहरूले समस्या कागजमै थन्क्याएको भन्दै आक्रोश
News

एचआईभी संक्रमित जनजाति महिलाहरूले समस्या कागजमै थन्क्याएको भन्दै आक्रोश

2 days ago
789
पोखरामा भएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित
News

पोखरामा भएको निशुल्क स्वास्थ्य शिविरबाट ३ सय जना लाभान्वित

3 days ago
859
दोस्रो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन घोषणापत्र जारी गर्दै सम्पन्न
News

दोस्रो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन घोषणापत्र जारी गर्दै सम्पन्न

4 days ago
801
भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकद्वारा सिन्धुलीमा स्तन र पाठेघरको क्यान्सरको स्क्रिनिङ
News

भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकद्वारा सिन्धुलीमा स्तन र पाठेघरको क्यान्सरको स्क्रिनिङ

6 days ago
803
१५ शैय्याको आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राख्न डेन्टल एसोसिएसनको माग
News

१५ शैय्याको आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राख्न डेन्टल एसोसिएसनको माग

6 days ago
807
खोज र खोप अभियानमा दक्षिणकाली नगरपालिकाले ४५ बालबालिकालाई खोप लगायो
News

खोप लगाउन छुटेका बालबालिकालाई वैशाख ३१ गते लगाइने

7 days ago
790
Next Post
स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक

स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (122)
  • Disease (105)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,006)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.