काठमाडौं, ७ माघ २०८१
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन् संस्थान (आईओएम) ले महाराजगञ्ज चिकित्सा क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदका लागि छनौट प्रक्रिया अघि बढाएको छ ।
आईओएमले आज सूचना प्रकाशित गर्दै योग्यता पुगेका ईच्छुक व्यक्तिले आगामी १४ माघ अपरान्ह ४ बजेसम्ममा आधार र मापदण्ड सम्वन्धि विनियम २०८१ मा उल्लेखित कागजात क्रमानुसार सम्लग्न गरी छनौट समितिको कार्यालयमा पेश गर्न भनिएको छ ।
आईओएमले यसअघि महाराजगञ्ज नर्सिङ क्याम्पसको प्रमुखका लागि समेत सूचना प्रकाशित गरेको थियो । गत २ माघमा प्रकाशित सूचना अनुसार आगामी ८ माघ भित्र योग्यता पुगेका ईच्छुकले क्याम्पस प्रमुखका लागि आवेदन दिन सक्नेछन् ।
आईओएमका डीन प्राडा. मोहनराज शर्माले अब अस्पतालको रिक्त निर्देशक पदमा पनि आज भोलीमै सूचना प्रकाशित गरी निर्देशक नियुक्तीको प्रक्रिया अघि बढाउने बताए ।
डा. शर्माले माघ महिना भित्र आईओएमले नियुक्त गर्नु पर्ने सबै पदाधिकारीहरु नियुक्त गरिसक्ने बताए।