महेन्द्रनगर,१० भाद्र २०७७
कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा सघन उपचार सेवा (आइसियू) सञ्चालनमा आएको छ।
अस्पताल स्थापनाको झण्डै ६ दशक पछि आइसियू सेवा सञ्चालनमा आउन लागेको हो ।
यही महिना देखि आइसियू सञ्चालनको तयारी भइरहेको महाकाली अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्णानन्द भट्ट ” किरण” बताए ।
‘अस्थायी ओक्सिजन जडान गरेर आइसियू सञ्चालन गर्ने तयारी गरेका छौँ, भदौँ १५ गते औपचारिक उद्घाटन कार्यक्रम तय भएको छ ।’ उनले भने ।
आइसियू उपकरण जडान भएर पनि जनशक्ति अभावमा वषौँ देखी अस्पतालमा आइसियू सञ्चालमा आउन सकेको थिएन ।
जिल्लाका नागरिक अगुवा, अस्पताल व्यवस्थापनको पहलमा अस्पतालको इतिहासमा नै सबैभन्दा ठूलो सेवा प्रदान गर्न अन्तिम कसरत भइरहेको सदस्य भट्टले बताए ।
बिगतमा बिशेषज्ञ डाक्टरको अभावमा रिफर सेन्टरका रुपमा रहेको महाकाली अस्पतालमा नयाँ व्यवस्थापन समिति आएसंगै अस्पताल विकासको गतिमा छ ।
योआइसियू सञ्चालनमा आउन लागे पछि महेन्द्रनगर बासि लगायत स्थानीयहरु खुसि भएका छन् ।
आइसियूका लागि अब धनगढी लगायत अन्यन्त्र जानुपर्ने बाध्यता हटेको छ।
Comments 1