महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालको व्यवस्थापन समिति अध्यक्षमा महेश पन्त मनोनित भएका छन्।
सुदूरपश्चिम सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले पन्तलाई अध्यक्षमा नियुक्त गरेको हो। त्यस्तै समितिको सदस्यमा प्रशान्त भट्ट, पार्वती जोशी र इन्द्र साउद मनोनित भएका छन्।
उनीहरू सबैलाई ५ चैतमा बसेको मन्त्रीस्तरीय निर्णयबाट मनोनयन गरिएको हो। यसअघि कृष्णनन्द भट्ट नेतृत्वको व्यवस्थापन समितिको कार्यकाल सकिएपछि नयाँ समिति चयन हुन सकेको थिएन।







