कञ्चनपुर, ४ कात्तिक २०८१
कञ्चनपुरको महेन्द्रनगरस्थित रहेको महाकाली प्रादेशिक अस्पताल सेवा सुविधा दिनेमा सुदूरपश्चिम प्रदेशमै उत्कृष्ट अस्पताल बन्न सफल भएको छ ।
अस्पतालहरूबाट प्रदान गरिएको सेवाको सुचकहरूको मूल्यांकन गर्दा महाकाली प्रादेशिक अस्पतालले प्रथम स्थान हासिल गर्न सफल भएको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितीका अध्यक्ष कृष्णानन्द भट्ट ले जानकारी दिनुभयो ।
सुदुरपश्चिम प्रदेशका अस्पतालहरूबाट आ.व. २०८०/०८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेश स्तरीय वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रममा अस्पतालले दिईरहेको सेवा उत्कृष्ट रहेको भन्दै सम्मान गरेको भट्टले बताउनु भयो ।
दक्ष जनशक्ति र उपकरणहरुको अभावका वावजुत पनि अस्पतालबाट प्रदान गरिने सेवाहरुले आम जनताहरुको स्वास्थ्यमा गुणस्तरिय सेवा दिन तल्लिन रही अस्पतालको उचित मुल्याङकन गरेकोमा भट्टले सबै अस्पतालमा कार्यरत कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्नु भएको छ ।
यसैबिच अस्पतालमा कार्यरत एमडिजिपी डा. गिरीष अवस्थी लाई पनि सम्मान गरिएको छ।