काठमाडौं, १० असोज २०८२
नेपालमै उच्च गुणस्तरीय औषधि उत्पादन र बिक्री वितरण गर्दै आएको म्याग्नस फर्मा प्रालिले अब इन्जेक्टेबल्स (Injectables) सेग्मेन्टमा औपचारिक प्रवेश गरेको छ। कम्पनीले पारासिटामोल इन्फ्युजन (ब्रान्ड नाम PARACARE ) सहित पाँच प्रकारका इन्जेक्सन बजारमा ल्याएको हो।
माग्नस फर्माका प्रबन्ध निर्देशक सुधिर प्रकाश मास्केले यस कम्पनीले अत्याधुनिक प्रविधिसहितको इन्जेक्टेबल्स प्लान्ट सञ्चालनमा ल्याएको बताउनुभयो । जसमा अटोमेशन प्रविधि व्यापक प्रयोग भएकाले मानव हस्तक्षेप न्यून हुन्छ र उत्पादनको गुणस्तर उच्च स्तरमा कायम रहन्छ।
बजारमा ल्याइएका इन्जेक्टेबल्समा PARACARE (पारासिटामोल इन्फ्युजन), PETOR (प्यान्टोप्राजोल इन्जेक्सन), LEVETAM (लेभेटिरासेटाम इन्जेक्सन), FUROMID (फ्युरोसेमाइड इन्जेक्सन) र HYOMAX (हायोसिन इन्जेक्सन) रहेका छन्। कम्पनीले निकट भविष्यमा अझ धेरै इन्जेक्टेबल्स उत्पादन गर्ने योजना बनाएको छ।
स्वदेशी औषधि उद्योग हालसम्म मुख्यतया ट्याब्लेट र क्याप्सुल उत्पादनमा केन्द्रीत भए पनि इन्जेक्सन उत्पादनमा भारत र बहुराष्ट्रिय कम्पनीहरूको तुलनामा पछि परेको छ। म्याग्नस फर्माको यो पहललाई औषधि क्षेत्रमा आत्मनिर्भरता तर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।