नवलपुर, ०७ पुष २०८२
नवलपुरको मध्यविन्दु नगरपालिकामा निर्मित मध्यविन्दु नगरअस्पताल र मध्यविन्दु आँखा अस्पतालको भव्य उद्घाटन गरिएको छ ।
आइतबार मध्यबिन्दु नगरपालिकामा १७ करोड ५६ लाख २६ हजार रूपैयाँको लागतमा निर्मित भवन तथा १५ शय्याको अस्पतालको आइतबार मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भीमलाल अधिकारीले उद्घाटन गरेका हुन् ।
नगरप्रमुख अधिकारीले नगरअस्पताल सञ्चालनपछि यहाँका जनताको स्वास्थ्य समस्या धेरै हदसम्म हल हुन सक्ने विश्वास व्यक्त गर्नुभयो।
अधिकारीले स्थानीय नागरिकलाई सुलभ, गुणस्तरीय र भरोसायोग्य स्वास्थ्यसेवा उपलब्ध गराउने नगरपालिकाको दीर्घकालीन लक्ष्यअनुरूप यो अस्पताल महत्त्वपूर्ण उपलब्धि भएको बताए।











